कतारसँग सम्झौता तयारी
नेपाली कामदारको प्रमुख गन्तव्य कतार र नेपालबीच आर्थिक लगानी, द्विपक्षीय व्यापार लगायत ११ विषयमा सम्झौता हुने प्रक्रिया अगाडि बढेको छ । परराष्ट्र सचिव शंकरदास बैरागीको नेतृत्वमा आएको टोलीले यस विषयमा कतारी अधिकारीसंग छलफल गरेको छ । नेपालले यसअघि कतारसंग २००८ मा श्रम सम्झौता गरेको थियो । सम्झौतालाई समयानुकूल बनाउन समीक्षा भइरहेको वैरागीले बताएका छन् । ‘हामी कतारसंग ११ वटा विषय सम्झौता गर्ने प्रक्रियामा अगाडि बढिसकेको छौं,’ प्रतिनिधि मण्डलका सदस्य समेत रहेका एसिया, दक्षिण एसिया तथा अफ्रिका महाशाखा प्रमुख रमेशप्रसाद खनालले भने, ‘यी सबै पाइप लाइनमा छन ।’ कतारस्थित नेपाली दूतावासले दुई देशबीच द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन र आपसी सहकार्यका लागि उच्च तहमा छलफल भएको थियो । सचिव बैरागीले उपपरराष्ट्रमन्त्री मोहम्मद बिन अब्दुल्लाह बिन मुतिब अल रुमाइहीसंग द्विपक्षीय सम्बन्धलाई बदलिंदो परिवेशअनुसार सुदृढ बनाउने विषयमा छलफल भएको बताए । आर्थिक लगानीका लागि बिजनेस फोरम बनाउन सकिनेमा दुवै पक्ष तयार भएको पनि वैरागीले बताए । प्रमण्डलले अन्तर्राष्ट्रिय सम्बन्ध उपपरराष्ट्रमन्त्री शेख मोहम्मद बिन अब्दुल्लाह बिन जासिम अल थानीसंग समेत छलफल गरेको थियो । श्रम मन्त्रालयका उच्च अधिकारीसंग नेपाली कामदारसंग सम्बन्धित विषयमा छलफल भएको थियो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...