बेलायतमा नेपाली चिकित्सकलाई कोभिडविरुद्धको खोप

बेलायतमा आम मानिसमा कोभिड खोप लगाउन सुरु भएसंगै नेपाली चिकित्सकहरुले पनि कोभिडविरुद्धको खोप लिएका छन् । अग्रपंक्तिमा काम गर्ने स्वास्थ्य कर्मचारी, ८० वर्ष नाघेका वृद्धवृद्धा र केयर होमका कामदार खोपको पहिलो प्राथमिकतामा रहेकाले उनीहरुले छिट्टै खोप लिन पाएका हुन् । वेल्सको ब्रोङलिस जनरल हस्पिटलको आईसीयूमा कार्यरत नेप्लिज् डक्टर्स एसोसिएसन (एनडीए) यूकेका अध्यक्ष डा. रमेश खोजूले ग्लाङली जनरल हस्पिटल कारमरथेन गएर उक्त खोप लिएको बताए । उनले अमेरिकी कम्पनी फाइजर र यसको जर्मन साझेदार बायोएनटेकले विकास गरेका खोप लिएका हुन् । कोभिड खोप लिँदा सामान्य लागेको उनले बताए । ‘खासै नौलो अनुभव रहेन । अरू खोप लगाउँदाजस्तै सामान्य लाग्यो,’ उनी भन्छन्– ‘यसले मलाई कुनै साइड इफेक्ट गरेको छैन ।’ उक्त खोप माइनस ७० डिग्री चिसोमा राख्नुपर्ने र निकालेपछि तीन घण्टाभित्र प्रयोग गरिसक्नु पर्नेछ । रियाक्सन कस्तो दिन्छ त्यो हेर्न खोप लगाएपछि १५ मिनेट कुर्न लगाइन्छ । यो खोप परीक्षणहरुबाट प्रभावकारी देखिएको र बेलायतमा सबैले लगाइरहेकाले आफूलाई पनि खोपप्रति विश्वास लागेको उनी बताउँछन् । अन्य नेपाली स्वास्थकर्मीले पनि दिन सुरु गरेको उनले जनाए । कुनै डर वा अशंका नलिन उनको सुझाव छ । हिजो उक्त खोप दिएका केही व्यक्तिलाई ‘एलर्जी’ को समस्या आए पनि अरूलाई ठूलो कुनै असर देखिएको खबर नआएको खोजूले बताए । बेलायतमा डिसेम्बर ८ देखि आममानिसमा कोभिड खोप दिने अभियान सुरु भएको हो । बेलायतमा पहिलो चरणमा ८ लाख डोज भ्याक्सिन दिइनेछ । खोजू अध्यक्ष रहेको नेप्लिज डक्टर्स एसोसिएसन (एनडीए) यूकेले विगतदेखि नै नेपाली समुदायमा कोभिड सचेतना कार्यक्रम गर्दै आएको छ । एसोसिएसनले नेपालमा कोभिड–१९ संक्रमितहरुको उपचारमा सघाउन बेलायतको ‘नाइटिंगेल’ जस्तै कोरोना विशेष अस्पताल सञ्चालन गर्ने लक्ष्यमा कोष संकलनसमेत सुरु गरेको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...