अस्ट्रेलियामा फेसबुकबाट समाचार हेर्न तथा सेयर गर्न रोक

सिड्नी– फेसबुकले अस्ट्रेलियाका प्रयोगकर्तालाई समाचार सामग्री पढ्न तथा सेयर गर्न रोक लगाएको छ।
त्यहाँका फेसबुक प्रयोगकर्ताले फेसबुकमा समाचार सामग्री पढ्न पनि पाउने छैनन् ।
आज बिहीबार बिहानैदेखि अस्ट्रेलियाका फेसबुक प्रयोगकर्ताले स्थानीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका समाचार सामग्रीमा पहुँच पाएका छैनन् ।
फेसबुकमा अस्ट्रेलियाको ठेगाना राखेका तर देशबाहिर रहेका प्रयोगकर्ताले पनि फेसबुकमा समाचार सामग्री हेर्न पाएका छन् ।
यहाँसम्म कि सरकारको स्वास्थ्य तथा आपतकालीन फेसबुक पेज पनि बन्द भएको थियो ।
उक्त पेजलाई भने फेसबुकले पछि खोलिदिएको छ ।
अस्ट्रेलिया सरकारले फेसबुकको यो प्रतिबन्धलाई उसको विश्वसनीयताका लागि खतरा भएको टिप्पणी गरेको छ ।
समाचारजन्य सामग्रीका लागि फेसबुकले पैसा तिर्नुपर्ने अस्ट्रेलियाको प्रस्तावित कानूनको विरोधमा यस्तो प्रतिबन्ध लगाइएको हो ।
अस्ट्रेलियाको कानुनअनुसार फेसबुक, गुगलजस्ता प्रविधिसँग जोडिएका कम्पनीले समाचार देखाउन सरकारलाई कर तिर्नुपर्ने हुन्छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...