पेनरिथ गुरिल्ला फुटबल क्लबले बाबु-नानिहरु लाई मेडल वितरण 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, फाल्गुन २१, २०७७
पेनरिथ गुरिल्ला फुटबल कल्बले २८ फेब्रोवारीमा एक कार्यक्रम बिच बालबालीका फुटबल प्रशिक्षणमा सहभागीहरु लाई मेडल एवं प्रमाणपत्र वितरण गरेको छ ।  साउथ क्रिक पार्क, सेन्टमेरिजमा सम्पन्न सो कार्यक्रममा  पेनरिथ सिटि काउन्सिलको मेयर काउन्सलर  करेन म्यकेनन र संसद मेलिस्सा म्यक्ल्नोश (अष्ट्रेलियन हाउस अफ रिप्रेजेण्टिभ) को उपस्थिति थियो । कार्यक्रममा मेयर करेन म्यकेननले सुन्न साथ आफुलाई क्लबको नामले नै प्रभावित गरेको बताए।  उनले अन्य समुदायलाई पनि जोड्न खोजेकोमा खुसी ब्यक्त गर्दै क्लब संग आबद्द सबैलाई धन्यवाद बयक्त गरे ।  यसै गरि सांसद मेलिसाले पनि नेपाली समुदाय र यसरि नै बढ्दै गरेका अन्य समुदायको हितमा काम गर्न ऑफु सदैव तत्पर रहको कुरा व्यक्त गर्दै  पेनरिथ गुरिल्ला फुटबल कल्बले फिटनेसलाई पहिलो प्राथमीकतामा राखी साना बाबु नानीहरु लाई समेत समाबेश गरेकोमा खुशी व्यक्त गरिन ।
क्लबका अध्यक्ष बिनय पौड्यालले पेनरिथ गुरिल्लालाई नेपाली समुदाय संगै अन्य समुदायहरु लाई पनि जोड्दै लैजाने र यसको लागि आफुहरुलाई काउन्सिलको साथ र सहयोगको आवश्यक पर्ने बताए । पौड्यालले स्वस्थ जीवनको लागि शारीरिक तन्दुरस्ती मुख्य कुरा रहेकोले खुल्ला रुपमा सबैलाई परिबारक बाताबरणमा ब्याम र खेलको माध्यमले जोडिनु क्लबको मुख्य उदेश्य रहेको बताए । क्लबका म्यानेजर शैलेन्द्र थापाले आगामी दिनमा यो क्लबलाई  वेस्टर्न सिडनी कै केन्द्रबिन्दुको रूपमा विकास गर्न खोजेको र भविष्यमा पनि यस्ता कार्यक्रमहरु लाई निरन्तरता दिने बताए । कार्यक्रममा कल्बका कोषाध्यक्ष दिर्घ राज तिमिल्सिना सहित नयाँ टिमको आगमन संगै कल्बले छुट्टै गति लिएकोमा सबैले प्रसन्न बयक्त गरे । कार्यक्रममा पेनरिथ र वरपरका समुदायबाट करिब सयजना नेपालीहरुको उपस्थिति थियो । कार्यक्रमको अन्त्यमा क्लबका सदस्य एवं नृत्य प्रशिक्षक दिपेन बानियाँबाट प्रशिक्षित स-साना नानी बाबुहरुले नेपाली नृत्य प्रस्तुत गरेका थिए ।
पेनरिथ गुरिल्ला फुटबल कल्बले प्रत्येक आइतवार रमाईलो र फिटनेसका लागि फुटबल खेल्नका साथै बाबु नानीहरु लाई प्रशिक्षण दिने गर्दछ । यसै गरि दिपेन बॉनीयाको नेतृत्वमा एनकाउज  (NCOWS) संगको सहकार्यमा प्रत्येक आइतवार बच्चाहरू को लागि सांस्कृतिक नृत्य कक्षाहरु  संचलान गरिरहको छ ।  कल्बले फुटबलको साथ साथै लगं टेनिस र अन्य खेल गतिविधिहरु पनि सुरु गर्दै लैजानेछ ।  फिफा सर्टिफाईड रेफ्रि श्याम थापाले हरेक आईतबार बिना शुल्क खेल खेलाउन सहयोग पुराउदै आउनु भएको छ भने कल्बलाई आर्थिक रुपमा एडभान्स कलेज र प्रिमो एजुकेशन तथा भिषा सर्भीसले सहयोग उपलब्ध गराउदै आएका छन्।