मोदीकै पार्टीका सांसदले भने ‘नेपालको सीमामा पूरै बार लगाउनुपर्छ’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै पार्टीका एक सांसदले नेपालले चीनको आड लिएर भारतलाई धम्क्याइरहेको आरोप लगाएका छन् ।
बुधबारको लोकसभा बैठकमा बोल्दै भारतीय जनता पार्टीका सांसद निशिकान्त दुबेले नेपालले चीनको आडमा भारतलाई धम्क्याइरहेको आरोप लगाएका हुन् ।
सांसद दुबेले शून्य समयमा लोकसभामा बोल्दै भने, ‘चीनको आड लिएर नेपालले भारतलाई धम्क्याइरहेको छ ।’
दुबेले भारतले नेपालप्रति कठोर नीति बनाएर नेपालको सीमामा पूरै बार लगाउनुपर्ने समेत बताएका छन् । कमजोर मुलुक भए पनि नेपालले भारतलाई धम्क्याएकोप्रति आक्रोशित रुपमा प्रस्तुत भएका दुबेले नेपालको सीमामा भारतले पाकिस्तान र बंगलादेशमा जस्तै बार लगाउनुपर्ने बताएको इन्डियन एक्सप्रेसले जनाएको छ ।
उनले नेपालसँगको १४ सय ८५ किलोमिटर दूरीमा पूरै बार लगाउनुपर्ने धारणा व्यक्त गरेको समाचारमा उल्लेख छ । उनले नेपालप्रति कठोर अभिव्यक्ति दिए पनि अन्य सांसदले भने यो विषयमा केही बोलेनन् ।
उनले नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण स्थगित गरेको, भारतका लागि नेपाली राजदूत फिर्ता बोलाएकोप्रति समेत आक्रोश व्यक्त गरे । उनले नेपालले भारतीय राजदूतलाई समेत फिर्ता पठाउने योजना बनाएकाले भारतले नेपालप्रति कठोर नीति अबलम्बन गर्नुपर्नेमा जोड दिए ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...