मोदीकै पार्टीका सांसदले भने ‘नेपालको सीमामा पूरै बार लगाउनुपर्छ’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै पार्टीका एक सांसदले नेपालले चीनको आड लिएर भारतलाई धम्क्याइरहेको आरोप लगाएका छन् ।
बुधबारको लोकसभा बैठकमा बोल्दै भारतीय जनता पार्टीका सांसद निशिकान्त दुबेले नेपालले चीनको आडमा भारतलाई धम्क्याइरहेको आरोप लगाएका हुन् ।
सांसद दुबेले शून्य समयमा लोकसभामा बोल्दै भने, ‘चीनको आड लिएर नेपालले भारतलाई धम्क्याइरहेको छ ।’
दुबेले भारतले नेपालप्रति कठोर नीति बनाएर नेपालको सीमामा पूरै बार लगाउनुपर्ने समेत बताएका छन् । कमजोर मुलुक भए पनि नेपालले भारतलाई धम्क्याएकोप्रति आक्रोशित रुपमा प्रस्तुत भएका दुबेले नेपालको सीमामा भारतले पाकिस्तान र बंगलादेशमा जस्तै बार लगाउनुपर्ने बताएको इन्डियन एक्सप्रेसले जनाएको छ ।
उनले नेपालसँगको १४ सय ८५ किलोमिटर दूरीमा पूरै बार लगाउनुपर्ने धारणा व्यक्त गरेको समाचारमा उल्लेख छ । उनले नेपालप्रति कठोर अभिव्यक्ति दिए पनि अन्य सांसदले भने यो विषयमा केही बोलेनन् ।
उनले नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण स्थगित गरेको, भारतका लागि नेपाली राजदूत फिर्ता बोलाएकोप्रति समेत आक्रोश व्यक्त गरे । उनले नेपालले भारतीय राजदूतलाई समेत फिर्ता पठाउने योजना बनाएकाले भारतले नेपालप्रति कठोर नीति अबलम्बन गर्नुपर्नेमा जोड दिए ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...