सातौं प्रधानमन्त्री महिला भलिबल प्रतियोगिता
‘सातौं प्रधानमन्त्री आमन्त्रण महिला भलिबल’ प्रतियोगिता मार्च ५ का दिनदेखि नेपालगन्जमा प्रारम्भ भएको छ । बाँके जिल्ला भलिबल संघको आयोजनामा नेपालगन्ज रंगशालास्थित कर्भड हलभित्र हुन लागेको उक्त प्रतियोगितामा तीन विभागियसहित कुल पाँच वटा टिम सहभागी हुँदैछन् । विगतमा जस्तै यसपटक पनि विभागिय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब र होगाजी न्यू डायमण्डले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने र स्थानीय टोली ‘लुम्बिनी युनाइटेड’ ले पनि यसपटक चर्चित क्लबहरुसँग प्रतिस्पर्धा गर्ने आयोजक संस्थाका अध्यक्ष टीएस ठकुरीले जानकारी दिए । प्रतियोगिताको छैठौं संस्करणमा गतवर्ष नेपाल पुलिस क्लबले उपाधी जितेको थियो । प्रतियोगितामा खेलाडीको उत्साहलाई बढाउनका लागि यसपटक पुरस्कार राशीमा भारी रुपले बृद्धि गरिएको अध्यक्ष ठकुरीले प्रष्ट्याए । उनका अनुसार यसपटक विजेतालाई नगद पाँच लाख रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ । यस्तै दोस्रो हुने टिमलाई नगद दुई लाख, तेस्रोलाई एक लाख र चौथो हुनेलाई ५० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालाका पालामा २०७० सालबाट सुरु भएको प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लबले हात पारेको थियो भने दोस्रो र पाँचौंमा नेपाल एपिएफ तथा तेस्रो र चौथो संस्करणमा रेल्वे इण्डियाले उपाधी जितेको थियो । प्रतियोगिताको सातौं संस्करणमा आईपुग्दा सहभागी हुन लागेका पाँच वटै टिम उपाधी जित्ने दाउमा छन् ।

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...