नेपाली फुटबल क्लबले जित्यो हार्मोनी कप २०२१

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, बैशाख ७, २०७८
ओरेन्ज सिटि काउन्सिलको आयोजना सम्पन्न हार्मोनि कप साकार २०२१ मा सहभागी टिमहरु लाई पछि पर्दै नेपाली फुटबल कल्बले यस बर्षको बिजेता बन्न सफल भएको छ। गत अप्रिल १८ मा सर ज्याक बर्महन पार्कमा सम्पन्न यस बर्षको सकर खेलमा कुल नौ टिमको सहभागिता रहेको थियो । फाइनलमा पुग्नका लागि पाँच खेल खेलेको नेपाली फुटबल कल्बले भारत बिरुद्द ४-०, क्यानबोलस रेन्जर्स बिरुद्द २-०, अल स्टार बिरुद्द २-०,  साउथ अमेरीका विरूद २-० र  साउथ अफ्रिका बिरुद्द ३-० को  गोल गर्दै ऑफुलाइ फाइनलमा पुराएको थियो ।
सकर प्रतियोगिताको फाइनल खेलमा नेपाली फुटबल कल्बले  साउथ अमेरिकी फुटबल क्लब संग निकै प्रतिस्पर्धा पूर्ण खेल खेलेको थियो । जसमा २-० को अन्तरले  साउथ अमेरिकी फुटबल क्लबलाई पराजित गर्दै नेपाली फुटबल कल्ब बिजयी बन्न सफल भयो । फाइनल खेलमा नेपाली कल्बको तर्फबाट दिनेश पौडेल र बिनोद श्रेष्ठले एक एक गोल गरि टिमलाई बिजयी बनाएका थिए । प्रतियोगितामा  दिनेश पौडेल र बिनोद श्रेष्ठ दुवैलाई बेस्ट प्लेअरले सम्मान गरिएको थियो।
(Photo and News courtesy- Birendra Deep Malla)