लम्जुङ केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

लम्जुङ– लम्जुङ जिल्लालाई केन्द्रबिन्दु बनाएर बुधवार बिहान भूकम्प जाँदा सात वटा घर भत्किएका छन् भने तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरकिा अनुसार मर्स्याङ्दी गाउँपालिकाका ४० वर्षीया उमा गुरुङ र ८३ वर्षीया खवकुमारी पाण्डे घाइते भएकी छिन् भने अर्का एक जना घाइतेको नाम खुलेको छैन ।

लम्जुङका डीएसपी गंगाबहादुर थापाले सात वटा घर भत्केको जानकारी आएको बताएका छन् ।

उनका अनुसार भत्किएका सबै कच्ची घर हुन् ।

घाइतेलाई जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको छ ।

लम्जुङको भूलभूले, बाँझाखेत आसपासमा केन्द्र रहेर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५।८ म्याग्नीच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको धक्का लम्जुङसहित आसपासका काठमाडौं लगायत मनाङ, गोरखा, तनहुँ, कास्कीसम्म पुगेको थियो ।