संसद विघटनविरुद्ध विपक्षी गठबन्धनले रिट दायर गर्ने

काठमाडौं– विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा सोमबार रिट दायर गर्ने भएका छन् ।
गठबन्धनले प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्चमा रिट दिन लागेका हुन् ।
आजै रिट दिने तयारी गरे पनि सांसदहरूको हस्ताक्षर संकलन भइनसकेका कारण भोलि विहान १० देखि ११ बजे भित्रमा रिट दायर गर्न लागिएको हो ।
नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षका सांसदको हस्ताक्षर बाँकी रहेको बताइएको छ ।
नेपाल पक्षका १८ जना नागरिकता लिएर पुगेका भएपनि उनीहरुले हस्ताक्षर गर्न आनाकानी गरेका कारण आज रिट दायर गर्न नसकिएको एक नेताले बताए ।
पाँच राजनीतिक दलहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गर्ने भएका x’न् ।
आइतबार दिउँसो सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा कानुन व्यवसायीहरूसँग छलफल गरेपछि विपक्षी दलहरू यो निर्णयमा पुगेका हुन् ।
रिटमा धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित गरेको दावी वैधानिक रहेको दावी गरिएको छ ।
अहिलेसम्म कांग्रेसका ६१ र माओवादीका ४९ सांसदको हस्ताक्षर भइसकेको छ ।
हस्ताक्षर गर्नेक्रम जारी छ ।
सबै सांसदको नागरिकता, सांसद परिचयपत्र र हस्ताक्षरको नमूना संकलनको काम सकिएको छ ।

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...

अष्ट्रेलिया, सिड्नी बिशेष गरि न्यू साउथ वेल्स राज्यको सिड्नी र सिड्नीको सेरोफेरोमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...