संसद विघटनविरुद्ध विपक्षी गठबन्धनले रिट दायर गर्ने

काठमाडौं– विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा सोमबार रिट दायर गर्ने भएका छन् ।
गठबन्धनले प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्चमा रिट दिन लागेका हुन् ।
आजै रिट दिने तयारी गरे पनि सांसदहरूको हस्ताक्षर संकलन भइनसकेका कारण भोलि विहान १० देखि ११ बजे भित्रमा रिट दायर गर्न लागिएको हो ।
नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षका सांसदको हस्ताक्षर बाँकी रहेको बताइएको छ ।
नेपाल पक्षका १८ जना नागरिकता लिएर पुगेका भएपनि उनीहरुले हस्ताक्षर गर्न आनाकानी गरेका कारण आज रिट दायर गर्न नसकिएको एक नेताले बताए ।
पाँच राजनीतिक दलहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गर्ने भएका x’न् ।
आइतबार दिउँसो सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा कानुन व्यवसायीहरूसँग छलफल गरेपछि विपक्षी दलहरू यो निर्णयमा पुगेका हुन् ।
रिटमा धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित गरेको दावी वैधानिक रहेको दावी गरिएको छ ।
अहिलेसम्म कांग्रेसका ६१ र माओवादीका ४९ सांसदको हस्ताक्षर भइसकेको छ ।
हस्ताक्षर गर्नेक्रम जारी छ ।
सबै सांसदको नागरिकता, सांसद परिचयपत्र र हस्ताक्षरको नमूना संकलनको काम सकिएको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...