एप्पल र फेसबुकको आम्दानीमा उच्च वृद्धि

वालस्ट्रिटको पूर्वानुमानलाई गलत सावित गर्दै दुई अमेरिकी दिग्गज प्रविधि कम्पनी एप्पल र फेसबुकले चालू सन् २०२१ को पहिलो त्रैमासमा उच्च आम्दानी तथा मुनाफा गर्न सफल भएका छन् । हालै सार्वजनिक गरिएका पहिलो त्रैमासिक वित्तीय प्रतिवेदन अनुसार पहिलो त्रैमासिक अवधिमा फेसबुकको कूल आम्दानीमा ४८ प्रतिशतले वृद्धि भएको छ । अर्थात् जनवरी देखि मार्चसम्मको अवधिमा फेसबुकले कूल २६ अर्ब १७ करोड आम्दानी गरेको छ । यसबाट फेसबुकले खूद मुनाफा साढे ९ अर्ब डलर गर्न सफल भएको छ । त्यस्तै पछिल्लो पटक सार्वजनिक गरेका फाइभ जी आइफोनको लोकप्रियतासँगै एप्पलले सन् २०२१ का सुरूका ३ महिनामा ८९ अर्ब ६० करोड डलर आम्दानी गरेको छ । त्यसमध्ये खूद मुनाफा २३ अर्ब ६० करोड डलर रहेको छ । यो मुनाफा कुनैपनि त्रैमासिकमा एप्पलले गरेको अहिलेसम्मकै बढी मुनाफा हो । महामारीका बेला एप्पलका प्रडक्टहरुको विक्रिमा देखिएको ऐतिहासिक विक्रीदर निरन्तर रहेको देखिएको छ । पछिल्लो त्रैमासिक अवधिमा महंगो मूल्यको आइफोन १२ मात्र नभई महामारीका बेला घरबाटै काम गर्ने कर्मचारी तथा विद्यार्थीहरुका कारण म्याक कम्प्युटर र आइप्याण्डको बिक्रि पनि उच्च रह्यो । बितेको त्रैमासिकमा आइफोन बिक्रिबाट मात्र एप्पलले ४७ अर्ब ९० करोड आम्दानी गरेको छ । त्यस्तै म्याक कम्प्युटरको बिक्रिबाट उक्त ३ महिनामा एप्पलले ९.१ अर्ब आम्दानी गर्यो भने आइप्याडको बिक्रिबाट ७.८ अर्ब डलर आम्दानी ग्र्यो । यस अवधिमा म्याकको बिक्रिमा ७० प्रतिशत तथा आइप्याण्डको बिक्रिमा ७९ प्रतिशतले वृद्धि भएको एप्पलले जनाएको छ ।

काठमाडौं– गायक राज के गोस्वामीले बुद्ध जयन्तीको अवसर पारेर आफ्नो पृथक शैलीको...

काठमाडौं– गत वैशाख ३० गते सम्पन्न भएको स्थानिय निकायको निर्वाचनको मत परिणाम...

काठमाडौं- प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान्...

सिड्नी– खेल जगतका लागि एउटा दुखद खबर छ । अस्ट्रेलियाका दिग्गज क्रिकेटर...

काठमाडौं– स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा अपेक्षाकृत मत नखसेको निर्वाचन आयोगको...