टेस्लाको कीर्तिमानी आम्दानी

विद्युत्तीय कार निर्माता अमेरिकी कम्पनी टेस्लाले कीर्तिमानी मुनाफा गर्न सफल भएको छ । सन् २०२१ को पहिलो त्रैमासिकमा टेस्लाले पहिलोपटक १ अर्ब डलर मुनाफा कमाएको हो । हालै सार्वजनिक भएको टेस्लाको वित्तीय प्रतिवेदन अनुसार यस अवधिमा टेस्लाले ९ अर्ब डलर आम्दानी गरेको छ । यस त्रैमासिकको आम्दानी गत वर्षको सोही अवधिको भन्दा ७५ प्रतिशतले बढी हो । तथापि सन् २०२० को अन्तिम त्रैमासिकमा भन्दा आम्दानीमा केही कमी आएको छ । खासगरी दुई महत्वपूर्ण मोडेलका कारहरु मोडेल एस र मोडेल एक्सको उत्पादन बन्द गरेका कारण यस त्रैमासिकमा टेस्लाको आम्दानीमा गत त्रैमासिक भन्दा कमी भएको हो । साथै समग्र अटो उद्योगमा जस्तै टेस्लालाई पनि कम्प्युटर चिप्सको अभावले नकारात्मक असर गर्यो । लगानीकर्ताहरुलाई सम्बोधन गर्दै टेस्ला सिइओ एलन मस्कले कम्प्युटर चिपको अभाव टेस्लाका लागि ठूलो समस्या बनेको उल्लेख गर्दै यस अवधिमा कम्पनीले आपूर्ति प्रणालीमा अहिलेसम्मकै ठूलो चुनौतिको सामना गर्नु परेको बताए । पहिलो त्रैमासिकमा टेस्लाले बिटक्वाइनमा भएको लगानीबाट समेत मुनाफा गर्न सफल भएको छ । टेस्लाले बिटक्वाइनमा डेढ अर्ब डलर लगानी गरेकोमा बिटक्वाइन बिक्रिबाट १० करोड १० लाख डलर नाफा कमाएको छ । स्मरण रहोस् केही समय अघिसम्म टेस्लाले हरेक त्रैमासिकहरुमा घाटा खाइरहेको हुन्थ्यो र नगद प्रवाहकै समस्या हुने जोखिम थियो । सन् २०१८ को अन्त्यसम्ममा त टेस्लाका कुनैपनि त्रैमासिकहरु मुनाफायुक्त भएनन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...