ह्वाट्सएपमा नयाँ फिचर

इन्स्ट्यान्ट मेसेजिङ एप ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताका लागि लगातार नयाँ–नयाँ फिचर ल्याइरहेको छ । केहीअघि मात्र वाट्सएपले एउटा फिचर ल्याएको थियो, जसअनुसार ह्वाट्सएपमा पठाइएका मेसेज ७ दिनभित्र आफैं डिलिट हुन्छन् । उक्त फिचरको नाम Disappearing Messages हो । अर्को मेसेजिंग एप टेलिग्रामकै सिको गर्दै ह्वाट्सएपले उक्त फिचर पेश गरेको थियो । मेसेज आफैं हराउने समय सीमालाई यसअघि ७ दिन कायम गरिएकोमा ह्वाट्सएपले त्यस्तो समयलाई १ दिनमा झार्ने भएको छ । पछिल्लो जानकारी अनुसार Disappearing Messages फिचरमा ह्वाट्सएपले छिटै नै २४ घण्टाको विकल्प पनि थप गर्दैछ । तत् पश्चात् उक्त विकल्प छनोट गर्ने ह्वाट्सएप प्रयोगकर्ताका पठाएका तथा प्राप्त भएका मेसेजहरु २४ घण्टामा आफैं डिलिट हुनेछन् । ह्वाट्सएपको नयाँ संस्करणमा उक्त फिचरलाई थप गरिएको छ । हाल एपको आइओएस भर्सनमा उक्त फिचरको परीक्षण भैरहेको छ । जसमा ह्वाट्सएप मेसेज २४ घण्टामा आफैं हराउँछन् । २४ घण्टे फिचरसँगै यसअघिको ७ दिने फिचर पनि कायम रहने बताइएको छ । अर्थात् प्रयोगकर्ताले एक दिन वा ७ दिनमा मेसेज आफैं डिलिट हुने फिचर आफुखुसी छान्न पाउनेछन् । त्यसक्रममा प्रयोगकर्ताले डिलिट हुने मेसेजका स्क्रिनशट लिएर सुरक्षित राख्न सक्नेछन् । सातदिने फिचर पर्सनल च्याट तथा ग्रुप च्याट दुबैमा लागू भएकोमा एक दिने फिचर ग्रुप च्याटमा लागू हुन्छ वा हुँदैन भन्ने टुंगो नभएको बताइएको छ । ह्वाट्सएपले आइओएस प्लाटफर्ममा एक महिनादेखि परीक्षण गरिरहेको उक्त फिचर निकट भविष्यमा एन्ड्रोइड लगायतका हरेक प्लाटफर्ममा उपलब्ध हुने बताइएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...