ह्वाट्सएपमा नयाँ फिचर
इन्स्ट्यान्ट मेसेजिङ एप ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताका लागि लगातार नयाँ–नयाँ फिचर ल्याइरहेको छ । केहीअघि मात्र वाट्सएपले एउटा फिचर ल्याएको थियो, जसअनुसार ह्वाट्सएपमा पठाइएका मेसेज ७ दिनभित्र आफैं डिलिट हुन्छन् । उक्त फिचरको नाम Disappearing Messages हो । अर्को मेसेजिंग एप टेलिग्रामकै सिको गर्दै ह्वाट्सएपले उक्त फिचर पेश गरेको थियो । मेसेज आफैं हराउने समय सीमालाई यसअघि ७ दिन कायम गरिएकोमा ह्वाट्सएपले त्यस्तो समयलाई १ दिनमा झार्ने भएको छ । पछिल्लो जानकारी अनुसार Disappearing Messages फिचरमा ह्वाट्सएपले छिटै नै २४ घण्टाको विकल्प पनि थप गर्दैछ । तत् पश्चात् उक्त विकल्प छनोट गर्ने ह्वाट्सएप प्रयोगकर्ताका पठाएका तथा प्राप्त भएका मेसेजहरु २४ घण्टामा आफैं डिलिट हुनेछन् । ह्वाट्सएपको नयाँ संस्करणमा उक्त फिचरलाई थप गरिएको छ । हाल एपको आइओएस भर्सनमा उक्त फिचरको परीक्षण भैरहेको छ । जसमा ह्वाट्सएप मेसेज २४ घण्टामा आफैं हराउँछन् । २४ घण्टे फिचरसँगै यसअघिको ७ दिने फिचर पनि कायम रहने बताइएको छ । अर्थात् प्रयोगकर्ताले एक दिन वा ७ दिनमा मेसेज आफैं डिलिट हुने फिचर आफुखुसी छान्न पाउनेछन् । त्यसक्रममा प्रयोगकर्ताले डिलिट हुने मेसेजका स्क्रिनशट लिएर सुरक्षित राख्न सक्नेछन् । सातदिने फिचर पर्सनल च्याट तथा ग्रुप च्याट दुबैमा लागू भएकोमा एक दिने फिचर ग्रुप च्याटमा लागू हुन्छ वा हुँदैन भन्ने टुंगो नभएको बताइएको छ । ह्वाट्सएपले आइओएस प्लाटफर्ममा एक महिनादेखि परीक्षण गरिरहेको उक्त फिचर निकट भविष्यमा एन्ड्रोइड लगायतका हरेक प्लाटफर्ममा उपलब्ध हुने बताइएको छ ।
काठमाडौं– काठमाडौंको दरवारमार्गमा रहेको मधुशाला गीत गजल रेष्ट्रो एण्ड बारले यही माघ...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...