ट्वीटरबाट आम्दानी ?

माइक्रो ब्लगिङ सोसल मिडिया ट्वीटरले प्रयोगकर्ताले समेत पैसा कमाउने प्रकृतिको एउटा नयाँ फिचर थप्ने भएको छ । ट्वीटरले निकट भविष्यमै प्रयोगकर्ताको प्रोफाइलमा एक नयाँ बटन थप गर्न लागेको छ, जसको माध्यमबाट प्रयोगकर्ताले आम्दानी गर्न सम्भव हुनेछ । उक्त फिचरका माध्यमबाट प्रयोगकर्ताले ती प्रयोगकर्तालाई आर्थिक सहयोग गर्न वा टिप्स दिन सक्नेछन् जसका उल्लेख्य फलोअर्स हुन्छन् र लोकप्रिय ट्वीट गर्दछन् । एप शोधकर्ता जेन म्यान्चुंग वोंगले एक तस्वीर शेयर गरेका छन् जसमा ट्वीटर प्रयोगकर्ताको प्रोफाइलमा एक टिपिङ बटनको फिचरलाई संकेत गर्दछ । उक्त बटनमा थिचिसकेपछि प्रयोगकर्ताले ब्याण्डक्याम्प, क्यास एप, प्याट्रिओन, पेपल तथा भेन्मो जस्ता अनलाइन भुक्तानी सेवामार्फत् रकम प्रदा गर्न सकिनेछ । गत फेब्रुअरीमा ट्वीटरले Super Follower नामको एक विवादास्पद फिचर ल्याएको थियो । जसमा चर्चित व्यक्तित्व वा सेलिब्रेटीहरुले आफ्ना फलोअर्सलाई शुल्क तिर्न लगाएर आफ्ना ट्वीटरलाई मुद्रीकरण गर्न सक्दथे । उक्त फिचर सार्वज्निक भएसंगै RIP Twitter नामक ह्यासट्याग एकाएक ट्रेण्डिङ भएको थियो । त्यस्तो फिचरले आम सर्वसाधारण प्रयोगकर्ताको भावनामा ठेस पुगेको र धेरै फलोअर्स भएका सेलिब्रेटीलाई मात्र महत्व दिइएको भन्दै ट्वीटरको आलोचना भएको थियो । यद्यपि भविष्यमा मनिटाइज भएका ट्वीटर अकाउन्टबाट आम्दानी गर्ने लक्ष्य चाहिँ ट्वीटरले राखेको छ । सन् २०२३ मा साढे ३१ करोड मनिटाइज गर्न सकिने दैनिक प्रयोगकर्ता पुग्ने ट्वीटरका सिइओ ज्याक डोर्सीको प्रक्षेपण छ । यसबाट ट्वीटरले आफ्नो आम्दानी वार्षि साढे ७ अर्ब डलर पुर्याउने बताइएको छ ।

काठमाडौं– प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा...

काठमाडौं– नेपाली कांग्रेसका सह–महामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवले नागरिकता विधेयक दुवै सदनबाट...

काठमाडौं- नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा...

१९९८ स्थापना भएर सिड्नीको नेपाली समुदायमा सामाजिक र परोपकारी रुपमा सकृय एबं...

भक्तपुर– ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल-२०२२’ का लागि आवेदन खुला गरिएको...

काठमाडौं– प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा...

काठमाडौं– नेपाली कांग्रेसका सह–महामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवले नागरिकता विधेयक दुवै सदनबाट...

आजभन्दा २८ वर्षअगाडि एउटा प्रख्यात लोकपप ब्याण्डको उदय भयो । त्यो व्याण्ड...

काठमाडौं- नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा...

१९९८ स्थापना भएर सिड्नीको नेपाली समुदायमा सामाजिक र परोपकारी रुपमा सकृय एबं...