टोकियो ओलम्पिक : ५१ पदकसहित चीन शीर्ष स्थानमा कायमै

टोकियो- जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा चीन ५१ पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ । अमेरिका र जापानलाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो ।
चीनले हालसम्म २४ स्वर्ण, १४ रजत र १३ कास्य पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् । अमेरिकाले २० स्वर्ण, २३ रजत र १६ कास्य पदक प्राप्त गरेको छ भने जापानले १७ स्वर्ण, पाँच रजत र नौ कास्य प्राप्त गर्न सफल भएको छ । यस्तै अस्ट्रेलिया १४ स्वर्ण, तीन रजत र १४ कास्य पदक प्राप्त गर्दै चौंथो स्थानमा उक्लेको छ ।
यसैगरी रसियन ओलम्पिक कमिटी पदक तालिकाको पाँचौँ स्थानमा झरेको छ । उसले १२ स्वर्ण, १९ रजत र १३ कास्य पदक प्राप्त गरेको छ । बेलायत १० स्वर्ण, १० रजत र १२ कास्यसहित छैटौँ, फ्रान्स पाँच स्वर्ण, १० रजत र ६ कास्यका साथ सातौँ, दक्षिण कोरिया पाँच स्वर्ण, चार रजत र आठ कास्य जित्दै आठौँ, इटाली चार स्वर्ण, आठ रजत र १५ कास्यका साथ नवौँ तथा नेदरल्याण्डस् चार स्वर्ण, सात रजत र ६ कास्यका साथ पदक तालिकाको १०औँ स्थानमा रहेको टोकियो ओलम्पिकको वेभसाइटमा उल्लेख छ । टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ७६ देशले पदक प्राप्त गर्न सफल भएका छन् ।
नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका थिए । सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंह तथा एथलेटिक्सकी सरस्वती चौधरीले आआफ्नो खेलमा प्रतिस्पर्धा गर्नुभएको थियो । पाँचै खेलाडी टोकियो ओलम्पिकबाट बाहिरिनुभएको छ । परियारले महिला १० मिटर एयर राइफल, भट्टले महिला ४८ किलो तौल समूह, शाहले एक सय मिटर फ्रि स्टाइल, सिंहले १०० मिटर फ्रि स्टाइल तथा चौधरीले एक सय मिटर दौडमा प्रतिस्पर्धा गर्नुभएको थियो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...