एनआरएनए अष्ट्रेलियाको निर्वाचन सम्पन्न : अध्यक्षमा नन्द गुरुङ बिजयी

सिड्नी अष्ट्रेलिया | एनआरएनएन अष्ट्रेलियाको आगामी २०२१-२०२३ कार्यकालको लागि ३१ जुलाई शनिबार सम्पन्न निर्बाचनमा फराकिलो मतको अन्तरले नन्द गुरुङ अध्यक्ष पदमा बिजयी भएका छन् । केन्द्रिय निर्बाचन आयोग, स्टेट निर्वाचन आयोग, राष्ट्रिय एबं स्टेट आइटि सपोर्ट टिम, बर्तमान कार्य समिति, एनआरएनए अभियानताहरु तथा मतदाताहरु को लामो समय देखिको अनवरत मेहनत र संयमताले यस पटक र्निबाचन अनलाइन मार्फत भब्य, सभ्य र सहज रुपमा सम्पन्न भएको प्रमुख निर्बाचन आयुत्त सुरेन्द्र सिग्देलले बताए । मतदान सकिए पछि सम्पूर्ण नतिजाहरु लाई त्रुटी रहित प्रकाशन गर्न आइटी टिमले केहि समय लागाएको थियो भने निर्बाचन कमिटि जुममा उपस्थिति रही संस्थाको फेसबुक पेजबाट नतिजा सार्बजनिक गरिएको थियो।
अध्यक्षमा बिजयी नन्द गुरुङ आफ्ना प्रतिस्पर्धी डा. ज्ञानेन्द्र रेग्मी भन्दा ३ हजार सात सय मतले आगाडी छन् भने बिधानले प्यानल बर्जित गरेको भए पनि एकै एजेन्डा बोकेका समुहको रुपमा नन्द गुरुङ कै समुहमा रहेका महासचिवमा राजु अधिकारी, सचिवमा सन्ध्या शाह, कोषाध्यक्षमा अनिल पोखरेल (निर्बिरोध), सहकोषाध्यक्ष राजकुमार नगरकोटी र युवा संयोजकमा बबिन मिश्र र सचिवमा क्षितिज बुढाथोकी निर्वाचित भएका छन् । यसै गरि महिलाको संगठन नारी निकुञ्जमा मञ्जु खड्का विजयी भएकी छिन् भने अन्य नारी निकुञ्जका राष्ट्रिय पदहरु सर्बसम्मत भएका थिए। यसै गरि अष्ट्रेलियालाई प्रतिनिधत्व गर्दै आइसीसीमा जाने ८ जना आइसीसी सदस्यहरु मा बुद्धी डल्लाकोटी, परशु राम (पीआर) अधीकारी, प्रज्वल भट्टराई, राजेश बुढाथोकी, प्रेम प्रसाद कडेंल, परेश राज घिमीरे, सूर्य आचार्य, नवीन भन्डारी बिजयी भएका छन्।
न्युसाउथवेल्समा हालका स्टेट कोआर्डिनेटर देव गुरुङ पुन: निर्बाचित भएका छन् भने स्विकृती राज्यलक्ष्मी भट्ट, विनोद कुँवर, राकेश जोशी र भावना श्रेष्ठ क्रमश: सहसंयोजक, सचिव, सहसचिव र कोषाध्यक्षमा निर्बाचित भएका छन् । त्यस्तै, अष्ट्रेलियन क्यापिटल टेरिटोरीको संयोजकमा अशोक बस्नेत, सहसंयोजक विक्रम सुवेदी, सचिव काशी भुसाल, सहसचिव सीता पौडेल सापकोटा र कोषाध्यक्षमा विशाल कँडेल निर्बाचित भएका छन् । नर्दन टेरीटोरीबाट संयोजक, सहसंयोजक, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश: विष्णु चापागाईं, सञ्जिव गोर्खाली, शिवराम पौडेल, आकाश बिसी र विजय शर्मा निर्बाचित भएका छन् भने क्विन्सल्यान्डमा विनोदभक्त आचार्य, शम्भु घैसे, अतुल खड्का, श्यामकुमार बस्नेत र सन्तोष पौड्याल क्रमश: संयोजक, सहसंयोजक, सचिव, सहसचिव र कोषाध्यक्षका रुपमा निर्बाचित छन् । यसै गरि दक्षिण अस्ट्रेलियाको संयोजक रेणुका लामा, सहसंयोजक सञ्जय पुरी, सचिव विनोद बानियाँ, सहसचिव शंकर भट्टराई र कोषाध्यक्ष विष्णु चापागाईं निर्बाचित बने भने भिक्टोरियामा सम्पूर्ण पदहरु सर्वसम्मत चयन भएका थिए। जसमा हरि खड्का, नारायण कटुवाल, गणेश कँडेल, दीपक अधिकारी र हेमराज पौडेल क्रमश: संयोजक, सहसंयोजक, सचिव, सहसचिव र कोषाध्यक्षमा चुनिएका थिए। यसैगरी पश्चिम अस्ट्रेलियामा पनि सर्वसम्मत स्टेट टिम चयन भएको थियो जसमा दीपक बस्नेत, सुनिल श्रेष्ठ, प्रमेश केसी, गोपाल शर्मा र महेश लामा संयोजक, सहसंयोजक, सचिव, सहसचिव र कोषाध्यक्षमा चुनिएका छन् भने तास्मानियाको अध्यक्षमा राकेश शाक्य, सहसंयोजकमा जगदीश खड्का, सचिव लोकेन विष्ट, सहसचिव चन्द्रकृष्ण हाइजु र कोषाध्यक्षमा गणेश घिमिरे निर्वाचित बनेका छन् ।
न्युसाउथवेल्स लागाएतका राज्यहरुमा रहेको लकडाउन र अष्ट्रेलिया भरि नै देखिएको कोभीडको अन्यौलता बिच यस पटकको सम्पूर्ण निर्बाचन अनलाईन मार्फत सम्पन्न भएको थियो भने उम्मेदवारहरु ले निर्बाचन प्रचारप्रसार लगाएतका कार्यहरु पनि सामाजिक संजाल लागाएत कै अनलाईन टुल्सका सहयोगमा गरेको दिखिन्थ्यो । यस पटक अष्ट्रेलियाको एनआरएनए इतिहास मै सबै भन्दा धेरै १५ हजार ३ सय पंजीकृत सदस्य रहेका थिए भने यस मध्ये १४ हजार २ सय मतदाताले निर्बाचनमा भाग लिए । यसरि करिब ९३ प्रतिशत उत्साहित मतदाताहरु सहभागि यस निर्बाचन अघिल्ला निर्बाचनहरु भन्दा सस्तो रुपमा सम्पन्न भएको पनि निर्बाचन समितिले जनाएको छ। यति छोटो समयमा निकै मेहनतका साथ निर्बाचन सम्पन्न गरेकोमा केन्द्रिय निर्बाचन समिति, स्टेट निर्बाचन समितिमा आबद्द सबैलाई धन्यबाद दिदै नबनिर्बाचित कार्य समितिलाई आउदो महिना एडेलेडमा तय गरिएको राष्ट्रिय अधिबेशनमा कार्यभार हस्तान्तरण गरिने एनआरएनएन अध्यक्ष केशब कडेलले बताए।

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...

अष्ट्रेलिया, सिड्नी बिशेष गरि न्यू साउथ वेल्स राज्यको सिड्नी र सिड्नीको सेरोफेरोमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...