एनआरएनए केन्द्रिय सचिबमा सुरेन्द्र सिग्देलको उम्मेद्वारी

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, भदौ १४, २०७८
एनआरएनए आइसीसीको सम्मेलन नजिकिदै गर्दा बिभिन्न देशहरु बाट बिभिन्न पदहरुमा आ-आफ्नो उम्मेदवारी सहित ईच्छा व्यक्त गर्ने क्रम बढ्दो छ । यहि भिडमा अलग पहिचान सहित एनआरएनएन अष्ट्रेलियाका पुर्ब अध्यक्ष सुरेन्द्र सिग्देलले केन्द्रिय सचिब पदमा आफ्नो आकंक्षा सहित सामाजिक संजाल मार्फत आफ्नो उम्मेदवारीको घोषणा गरेका छन् । बिगत २३ बर्ष देखि अष्ट्रेलियालाई कर्मथलो बनाएर बिबिध सामाजिक र परोपकारी कार्यमा सक्रिय सिग्देल नेपाली डास्पोराको लागि नौलो नाम होइन ।  बिगत लामो समय अष्ट्रेलिया केन्द्रित रहेर प्रबासी नेपालीका दुख सुख र एनआरएनए गतिबिधिमा सक्रिय सिग्देल अष्ट्रेलियाका धेरै भन्दा धेरै साथिहरु को सल्लाहा र गोल्बल एनआरएनएनमा सक्रिय साथीहरुले पनि आफुलाई दिएको सल्लहा सुझाब अनुसार नै आफुले सचिब पदमा उम्मेद्वारी तय गरेको बताए।
यस भन्दा अगाडी अन्तरष्ट्रिय अध्यक्ष, उपाध्यक्ष लगाएतका पदहरु मा अष्ट्रेलियाबाट प्रतिनिधत्व भइ सकेको छ र  पनि सचिब पद धेरै मानेमा विश्वभरका एनआरएनए साथीहरु संग सामिप्यता हुन र बिश्व संजाललाई जोड्न महत्वपूर्ण पद हुने भएकोले आफुले यो पदमा  उम्मेद्वारी दिन चाहेको बताउँछन् सुरेन्द्र सिग्देल । उनका अनुसार ठुलो संख्यामा एनआरएनहरु को प्रतिनिधित्व गर्ने ओसेनिया क्षेत्रबाट सचिब पदमा आफुले प्रतिनिधित्व गर्दै गर्दा धेरै कुराहरु मा केन्द्र संग लबिङ्ग गर्न सहज हुनेछ ।  बिगतमा एनआरएनए आइसीसीको सदस्य भएर काम गरि सकेको अनुभबका कारण पनि आफुलाई सचिब भएर काम गर्न सहज हुने पनि सिग्देलले बताए । २००५ देखि एनआरएनमा सक्रिय सुरेन्द्र सिग्देलको २०१५- २०१७ को अध्यक्षताको कार्यकाल निकै सफल कार्यकालको रुपमा सबैले सम्झनछन् । यस बाहेक हालै सम्पन्न अष्ट्रेलियाको निर्बाचनमा प्रमुख निर्बाचन आयुक्त भएर निर्बाचन सम्पन्न गरिसकेका सिग्देलले एनआरएनए राष्ट्रिय देखि आइसीसी सम्मको बिधानका बारेमा राम्रो ज्ञान रहेको यसमा गरिनु पर्ने सुधारका बारेमा पनि आफुले महत्वपूर्ण भूमिका खेल्न द नेपाली टाईम्स संगको कुराकानीमा बताए ।  एनआरएनएन अभियन्ता देखि बिश्वभर कै साथीहरु बाट राम्रो प्रतिक्रिया आइरहेको छ, त्यसैले पनि आफु सचिब पदको आकंक्षी र उम्मेदवार मात्र होइन बिजयी बन्ने कुरामा बिश्वास्त रहेको बताउंछन् सिग्देल।
नेपालको तनहुँ जिल्लाका सुरेन्द्र सिग्देललाई चिन्ने तनहुँ देखि अष्ट्रेलिया सम्मका सबैले भद्र, बिषय बस्तुको गहिरो अध्यान गर्ने, कर्ममा विश्वास गर्ने व्यक्तिको रुपमा चिन्छन् । फुल बुट्टा भरेका एजेन्डा भन्दा डायस्पोराका समस्यालाई बुझेर त्यसलाई केन्द्र देखि नेपाल सरकार सम्म लबिङ्ग गर्न सक्नु अहिलेको ठुलो आबश्यकता हो त्यो भन्दै गर्दा पनि सम्मेलन निजिकिदै गर्दा आफु थप एजेन्डा सहित सबै संग निरन्तर सम्पर्कमा रहने पनि सिग्देलले बताए।
कोभिडका कारण प्रत्यक्ष भेटघाटमा देखिएको अफ्ठयारो बिच इमेल, फोन र सोसियल मिडियाका माध्यमले सबै संग सम्पर्क गर्ने प्रयासरत रहेको र साथी भाई एनआरएनएका सबै शुभचिन्तकहरु लाई सोहि माध्यमबाट जोडिदै सम्पर्कमा रहन पनि सुरेन्द्र सिग्देलले सबैलाई अनुरोध गरेका छन् ।