अष्ट्रेलियाको एक्सपर्ट फाउण्डेसनद्वारा मेलम्ची बाढी प्रभावितलाई आर्थिक सहयोग

देवराज सुवेदी–
सिन्धुपाल्चोक– एक्सपर्ट एजुकेसन तथा भिजा सर्भिस अन्तर्गत एक्सपर्ट फाउण्डेसनले मेलम्ची बाढी प्रभावितलाई १० लाख रुपैयाँ सहयोग गरेको छ ।
अष्ट्रेलियाका विभिन्न राज्यहरूमा रहेका विभिन्न शाखामा कार्यरत कर्मचारीहरूले स्वेच्छाले बाढी प्रभावितका लागी सहयोग गर्नुभएको थियो ।
संकलित रकमलाई दोब्बर बनाएर एक्सपर्ट फाउण्डेसनले १० लाख रुपैयाँ सहयोगको लागी रकम पठाएको एक्सपर्ट फाउण्डेसनका अध्यक्ष रोशन कँडेलले जानकारी दिनुभयो ।
सहगोगको लागी सम्पूर्ण शाखा र एक्सपर्ट फाउण्डेसन बिचको समन्वय एक्सपर्टका ग्रुप जनरल व्यवस्थापक मन्जित घिमिरे र मेलबर्न शाखाका निर्देशक सरोज शर्माले गर्नुभएको थियो ।
एक्सपर्ट एजुकेसनको संसार भर चालिसभन्दा धेरै शाखा रहेको छ ।
अष्ट्रेलिया मेलवर्न बस्ने संस्थाका सदस्य निराजन दुलालको विशेष पहलमा एक्सपर्ट फाउण्डढेसनमार्फत मेलम्ची बाढी पिडितहरूका लागि प्राप्त १० लाख रुपैयाँ सहयोगमध्ये मेलम्ची नगर पालिकालाई ३ लाख, मेलम्ची बाढी संरक्षण तथा सरोकार समितिलाई २ लाख, सिमखेत फट्टे बाढी संरक्षण समितिलाई १ लाख २५ हजार, बाढीबाट पूर्ण क्षति भई विस्थापित २३ घरपरिवारलाई जनही १५ हजारको दरले ३ लाख ४५ हजार र रेडियो मेलम्चीलाई ३० हजार रुपैयाँ रकम आज मेलम्चीमा एक कार्यक्रमबीच मेलम्चीका नगर प्रमुख डम्बर अर्याल तथा अन्य सम्बन्धित समिति तथा संस्थाका प्रतिनिधिहरुलाई संस्थाका प्रतिनिधी देवि प्रसाद लम्साल, विकाश ज्ञवाली, रोशन कँडेल तथा सदस्य निराजन दुलालका बुबा नवराज दुलालले हस्तान्तरण गर्नु भएको समाजसेवी सि पी दुलालले जानकारी दिनुभयो ।
एक्सपर्टले व्यवसायमा मात्र नभई सामाजिक परोपकारमा पनि निरन्तर सहयोग पुर्याउदै आएको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...