अष्ट्रेलियाको एक्सपर्ट फाउण्डेसनद्वारा मेलम्ची बाढी प्रभावितलाई आर्थिक सहयोग

देवराज सुवेदी–
सिन्धुपाल्चोक– एक्सपर्ट एजुकेसन तथा भिजा सर्भिस अन्तर्गत एक्सपर्ट फाउण्डेसनले मेलम्ची बाढी प्रभावितलाई १० लाख रुपैयाँ सहयोग गरेको छ ।
अष्ट्रेलियाका विभिन्न राज्यहरूमा रहेका विभिन्न शाखामा कार्यरत कर्मचारीहरूले स्वेच्छाले बाढी प्रभावितका लागी सहयोग गर्नुभएको थियो ।
संकलित रकमलाई दोब्बर बनाएर एक्सपर्ट फाउण्डेसनले १० लाख रुपैयाँ सहयोगको लागी रकम पठाएको एक्सपर्ट फाउण्डेसनका अध्यक्ष रोशन कँडेलले जानकारी दिनुभयो ।
सहगोगको लागी सम्पूर्ण शाखा र एक्सपर्ट फाउण्डेसन बिचको समन्वय एक्सपर्टका ग्रुप जनरल व्यवस्थापक मन्जित घिमिरे र मेलबर्न शाखाका निर्देशक सरोज शर्माले गर्नुभएको थियो ।
एक्सपर्ट एजुकेसनको संसार भर चालिसभन्दा धेरै शाखा रहेको छ ।
अष्ट्रेलिया मेलवर्न बस्ने संस्थाका सदस्य निराजन दुलालको विशेष पहलमा एक्सपर्ट फाउण्डढेसनमार्फत मेलम्ची बाढी पिडितहरूका लागि प्राप्त १० लाख रुपैयाँ सहयोगमध्ये मेलम्ची नगर पालिकालाई ३ लाख, मेलम्ची बाढी संरक्षण तथा सरोकार समितिलाई २ लाख, सिमखेत फट्टे बाढी संरक्षण समितिलाई १ लाख २५ हजार, बाढीबाट पूर्ण क्षति भई विस्थापित २३ घरपरिवारलाई जनही १५ हजारको दरले ३ लाख ४५ हजार र रेडियो मेलम्चीलाई ३० हजार रुपैयाँ रकम आज मेलम्चीमा एक कार्यक्रमबीच मेलम्चीका नगर प्रमुख डम्बर अर्याल तथा अन्य सम्बन्धित समिति तथा संस्थाका प्रतिनिधिहरुलाई संस्थाका प्रतिनिधी देवि प्रसाद लम्साल, विकाश ज्ञवाली, रोशन कँडेल तथा सदस्य निराजन दुलालका बुबा नवराज दुलालले हस्तान्तरण गर्नु भएको समाजसेवी सि पी दुलालले जानकारी दिनुभयो ।
एक्सपर्टले व्यवसायमा मात्र नभई सामाजिक परोपकारमा पनि निरन्तर सहयोग पुर्याउदै आएको छ ।

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...

अष्ट्रेलिया, सिड्नी बिशेष गरि न्यू साउथ वेल्स राज्यको सिड्नी र सिड्नीको सेरोफेरोमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...