संबिधान दिवसको अबसरमा ‘म नेपाल हो’ सार्बजनिक

भिडियो सहित
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, अशोज ४, २०७८
अष्ट्रेलियालाई कर्मथलो बनाएर नेपाली कलाकारिता क्षेत्रमा फरकपन सहित आफ्नो योगदान दिदै आइरहेका सन्तोष अधिकारीले एक पटक फेरि निकै फरकपन सहितको राष्ट्रिय भावले ओतप्रोत गीत, म्युजिक भिडियो सहित लिएर आएका छन् । ‘म नेपाल हो’ बोलको उक्त गीतको म्युजिक भिडियोमा सन्तोष अधिकारी स्वयंले अभिनय गरेका छन् त्यो पनि भिन्न ऐतिहासिक महत्वका व्यक्ति बिशेष र हाम्रा संस्कृति एवम सामाजिक परम्परा झल्कने २० भन्दा धेरै भेषभुषामा सहितको भावमा ।
बादल थापा मगरको अझोपूर्ण स्वरमा रहेको उक्त गीतका शब्दहरु अजय अधिकारीका हुन भने संगीत सुरेश अधिकारीको रहेको छ । निशान कस्यपको निर्देशन रहेको गीतमा सह-कलाकारको रुपमा कञ्चन भुजेल र जस्मिन मुसेओटले अभिनय गरेका छन् ।
सन्तोष अधिकारी स्वयं निर्माता रहेको यस गीतको म्युजिक भिडियो एएसएपी इन्टरटेनमेन्टको ब्यनारमा युट्युबबाट सार्बजनिक गरिएको छ ।  निर्माता अधिकारीका अनुसार नेपालको संबिधान दिवसको अबसर पारेर हालै नेपालमा एक कार्यक्रम सहित उक्त म्युजिक भिडियोको सार्बजनिक गरिएको थियो।  उक्त अवसरमा पुर्ब उपरथी जगदीश चन्द्र पोखरेल, डिआजी ज्ञानेन्द्र महत, क्याप्टेन तथा अभिनेता विजय लामा, निर्देशक दीपेन्द्र कुमार खनाल, देव कुमार श्रेष्ठ, अभिनेता प्रशान्त ताम्रकार लगायतका व्यक्तित्वहरु को  उपस्थीति रहेको थियो ।
बिबिधताले भरिएको नेपाल र नेपाली पहिचानको प्रतिनिधत्व हुने गरि आफुले ठुलो मेहनत सहित यो सृजना दर्शक र श्रोता सामु ल्याएको बताउदै अधिकारीले यसलाई सबैले हेरिदिनु हुन र आफुलाई सधै झैँ सल्लाहा सुझाब दिन पनि अनुरोध गरे।

भिडियोको लागि: