इनास अध्यक्षमा पुनः पुष्प बरुवाल

काठमाडौं– अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को चौथो महाधिवेशनबाट ग्लोबल अध्यक्षमा पुष्प बरुवाल सर्वसम्मत पुनः निर्वाचित भएका छन् ।
काठमाडौंमा सम्पन्न भएको महाधिवेशनले नयाँ कार्यसमितिसँगै महादेशीय (क्षेत्रीय), राष्ट्रिय र राज्य समितिका संयोजक र सहसंयोजक र पदाधिकारीहरूलाई नयाँ कार्यकालका लागि जिम्मेवारी दिएको हो ।
महाधिवेशनमा नयाँ कार्यसमिति चयनसँगै नेपाली फिल्ममा योगदान पुर्याउने कलाकारहरू शिव श्रेष्ठ, भुवन केसी, सरोज खनाल, गौरी मल्ल, करिश्मा मानन्धर र संगीतकार शम्भुजीत बासकोटालाई इनास विशिष्ट कलाकारिता सम्मानद्वारा सम्मान गरियो ।
सोही अवसरमा इनासद्वारा आयोजित दोस्रो अनलाइन नृत्य एवम् गायन प्रतियोगिताका विजयीलाई नगद क्रमशः एक लाख, ५० हजार, २५ हजार र ट्रफीसहित पुरस्कृत गरियो ।
नेपाली कला, सस्कृति, भाषा, साहित्यको उत्थान र प्रवर्धनका साथै नेपाली फिल्मको विश्वव्यापी बजार विस्तारमा क्रियाशील इनासले नेपालमा परेको विपतिमा गरेका विभिन्न सामाजिक कार्यहरूको भिडियोसमेत प्रस्तुत गरिएको कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल , एनआरएनका अध्यक्ष कुमार पन्त, कलाकर्मी, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...

अष्ट्रेलिया, सिड्नी बिशेष गरि न्यू साउथ वेल्स राज्यको सिड्नी र सिड्नीको सेरोफेरोमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...