इनास अध्यक्षमा पुनः पुष्प बरुवाल

काठमाडौं– अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को चौथो महाधिवेशनबाट ग्लोबल अध्यक्षमा पुष्प बरुवाल सर्वसम्मत पुनः निर्वाचित भएका छन् ।
काठमाडौंमा सम्पन्न भएको महाधिवेशनले नयाँ कार्यसमितिसँगै महादेशीय (क्षेत्रीय), राष्ट्रिय र राज्य समितिका संयोजक र सहसंयोजक र पदाधिकारीहरूलाई नयाँ कार्यकालका लागि जिम्मेवारी दिएको हो ।
महाधिवेशनमा नयाँ कार्यसमिति चयनसँगै नेपाली फिल्ममा योगदान पुर्याउने कलाकारहरू शिव श्रेष्ठ, भुवन केसी, सरोज खनाल, गौरी मल्ल, करिश्मा मानन्धर र संगीतकार शम्भुजीत बासकोटालाई इनास विशिष्ट कलाकारिता सम्मानद्वारा सम्मान गरियो ।
सोही अवसरमा इनासद्वारा आयोजित दोस्रो अनलाइन नृत्य एवम् गायन प्रतियोगिताका विजयीलाई नगद क्रमशः एक लाख, ५० हजार, २५ हजार र ट्रफीसहित पुरस्कृत गरियो ।
नेपाली कला, सस्कृति, भाषा, साहित्यको उत्थान र प्रवर्धनका साथै नेपाली फिल्मको विश्वव्यापी बजार विस्तारमा क्रियाशील इनासले नेपालमा परेको विपतिमा गरेका विभिन्न सामाजिक कार्यहरूको भिडियोसमेत प्रस्तुत गरिएको कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल , एनआरएनका अध्यक्ष कुमार पन्त, कलाकर्मी, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...