राष्ट्रपति भण्डारीबाट तीन प्रदेशमा प्रदेश प्रमुख नियुक्त

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ । मन्त्रिपरिषद्को यही कात्तिक २२ गते बसेको बैठकको निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा १६३ उपधारा २ बमोजिम प्रदेश नं १ मा तेह्रथुमका परशुराम खापुङ, कर्णाली प्रदेशमा बाँकेका तिलक परियार र सुदूरपश्चिममा बाजुराका देवराज जोशीलाई राष्ट्रपति भण्डारीले आज नियुक्त गर्नुभएको हो ।
मन्त्रिपरिषद् बैठकको सिफारिसमा संविधानको धारा १६५ को उपधारा १ को खण्ड ‘ख’ अनुसार यसअघिका प्रदेश प्रमुख पदमुक्त भएपछि राष्ट्रपति भण्डारीले नयाँ प्रदेश प्रमुख नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ । यसअघि प्रदेश एकमा सोमनाथ अधिकारी, कर्णाली गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिममा गङ्गाप्रसाद यादव प्रदेश प्रमुख हुनुहुन्थ्यो ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...