सिड्नीमा छठ पर्ब सम्पन्न 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, कार्तिक २८, २०७८
एशोसियशन अफ नेपाल तराई इन अष्ट्रेलिया (ANTA) ले बिगतका बर्षहरु मा जस्तै यस बर्ष पनि हर्षउल्लासका साथ परम्परालाई निरन्तरता दिदै छठ पर्ब सम्पन्न गरेको छ ।  १० नोभेम्बर साँझ ४.३० देखि ८.०० बजे सम्म ‘संझिया अर्घ’ र  ११ नोभेम्बर बिहान ५.३० देखि ८.०० बजे विहानी अर्घ तथा प्रसाद वितरण सहित एन्जेल पार्कमा ( Angle park Chipping Norton NSW  2170 ) सम्पन्न भएको उक्त कार्यक्रममा ठुलो संख्यामा श्रद्दलुहरु को उपस्थित रहेको थियो ।
प्रतिकुल मौसम र हप्ताको बीच ( विक डे) मा समेत संस्थाको निमन्त्रणालाई स्वीकार गरेर कर्यक्रममा सहभागिता जनाईदिनु भएकोमा संस्थाका अध्यक्ष सुबंश शाहले सबै सहभागी भक्तजन र नेपाली दाजु-भाई/दिदिबैनीहरु लाई धन्यबाद व्यक्त गरेका छन् । सबैको सल्लाह सुझाबलाई सिरोपर गर्दै आउने बर्षमा अझ व्यापक रुपमा छठ पर्ब मनाउन सबैको शुभेच्छा रहोस भनि पनि शाहले कामना गरे ।
नेपालमा छठ पर्व मुख्यता चार दिन मनाइने गरिन्छ, छठ पुजको लागि चाहिने सर सामान तथा अन्य सामग्रीहरु पूर्ण रुपमा शुद्ध र चोखो हुनु पर्ने भएकोले छठको नाउँमा गरिने कुनै पानी तयारी गर्दा पर्ने शुद्ध हुनु पर्ने मान्यता छ । ती चार दिनमा पहिलो नुहाएर खाने, दोस्रो दिनलाई खरना भनिन्छ, भन्ने तेस्रो दिनलाई साँझ अर्घ र चौथो तथा अंतिम दिनमा बिहानको अर्घ दिएर छठ पर्वको बिसर्जन गरिन्छ।
समय अभाबका कारण यहाँ २ दिनमा सम्पन्न छठ पुजा यति आनन्दमय तरिकाले सम्पन्न गर्न सहयोग गर्नु हुने सबै प्रायोजक, स्वयम्सेवक र उपस्थित अतिथिहरुमा एशोसियशन अफ नेपाल तराई इन अष्ट्रेलिया (ANTA) हार्दिक धन्यवाद व्यक्त गरेको छ। कार्यक्रममा एनएसडब्लुका लागि नेपाली अबैतानिक महाबाणिज्यदुत दिपक खड्का कार्यक्रममा बिशेष अतिथिको रुपमा उपस्थिति हुनुहुन्थ्यो भने एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ, उपाध्यक्ष देब गुरुङ, एनआरएनए लगाएत अन्य संघ संस्थाका प्रतिनिधीहरु अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो।
(Photo:ANTA Facebook page)