बढ्यो नेपाल टेलिकमको आम्दानी

काठमाडौं– नेपाल टेलिकमले फोरजी आयोजनाको कार्यान्वयनसँगै यसको पहुँच विस्तार भएपछि गत आर्थिक वर्षको तुलनामा झण्डै ५० प्रतिशतले मुनाफा वृद्धि गरेको छ ।
टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीका अनुसार संस्थाको आर्थिक स्वास्थ्य सकारात्मक हुनुमा फोरजी आयोजनाको कार्यान्वयनसँगै यसको पहुँच विस्तार हुँदा समग्र सक्रिय ग्राहक आधार वृद्धि भई मोबाइल डाटा, भ्वाइस, एसएमएस सेवा आदिको उपयोगमा उल्लेख्य वृद्धि हुन गएको हो ।
यसैगरी टुजी र थ्रिजी सेवाको पहुँच नपुगेका स्थानमा समेत फोरजीसम्मको सेवाको पहुँच विस्तार गरिएकाले ग्राहक आधार वृद्धि हुन गएको छ ।
कम्पनीको टिटिएच सेवा प्रतिग्राहकको आकर्षणमा वृद्धि भई एफटिटिएचमार्फत वितरण गरिएको इन्टरनेट सेवा, टेलिफोन सेवा तथा आइपिटिभी सेवाका ग्राहक वृद्धि हुन गई फिक्स नेटवर्कबाट हुने आयमा समेत सकारात्मक प्रभाव परेको अधिकारीले बताउनुभयो ।
अघिल्लो सरकारको कार्यकालमा देशभर फोरजी सेवा विस्तार भएको थियो ।
कम्पनीको सेवाको गुणस्तर अभिवृद्धि, मर्मतसम्भारमा सुधारजस्ता क्रियाकलापबाट कम्पनीका सेवाप्रति ग्राहकवर्ग आकर्षित हुन सकेको तथा सोही कारणले गर्दा सेवाको उपयोगमा वृद्धि भएको उहाँले जनाउनुभयो ।
गत आवको प्रथम त्रैमासिक अवधि (२०७७ असोज मसान्त) मा खुद मुनाफा एक अर्ब ५१ करोड ७७ लाख ६९ हजार रुपैयाँ रहेकामा चालु आवको सोही अवधि (२०७८ असोज मसान्त) मा ७४ करोड २१ लाख ३४ हजार (४८.९ प्रतिशत) ले वृद्धि भई दुई अर्ब २५ करोड ९९ लाख चार हजार रुैयाँ रहेको उक्त संस्थाले जनाएको छ ।
गत आवको प्रथम त्रैमासिक अवधि (२०७७ असोज मसान्त) मा कम्पनीको सञ्चालन आय आठ अर्ब ६३ करोड ५३ लाख ४० हजार रहेकामा चालु आवको सोही अवधिमा एक अर्ब १३ करोड ९९ लाख ५४ हजार (१३.२ प्रतिशत) ले वृद्धि भई नौ अर्ब ७७ करोड ५२ लाख ९४ हजार रुपैयाँ हुन पुगेको छ ।
गत आवको प्रथम त्रैमासिक (२०७७ असोज मसान्त) को कूल आय १० अर्ब १० करोड ४४ लाख ७५ हजार रहेकामा चालु आवको सोही अवधि (२०७८ असोज मसान्त) मा कूल आय ८४ करोड ७८ लाख ७१ हजार (८.३९ प्रतिशत) ले वृद्धि भई १० अर्ब ९५ करोड २३ लाख ४६ रुपैयाँ हजार रहेको जनाइएको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...