न्युयोर्कमा ‘नेपाल डे परेड’ को भव्य सम्पन्न

न्यूयोर्क, यो नेपाली शिर उचाली संसारमा चम्किन्छ भन्दै संसारकै राजधानी मानिने न्यूयोर्कमा आज नेपाली कला संस्कृति र झाँकीले सबैको ध्यान तान्न सफल भयो । अमेरिकाको न्युयोर्क सहरमा ‘नेपाल डे परेड’ मा देखिएको नेपाली भषभुषा झल्काउने कार्यक्रम निकै आकर्षक बन्न पुगेको आयोजकमध्येका एक नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले बताए । उनका अनुसार अमेरिकामा भएका नेपाली कार्यक्रमहरुमध्ये यो भव्य कार्यक्रम हो । यो नेपाली शिर उचाली, रेशम फिरिरि, डाँडामा भञ्ज्याङ्ग उडेर जाउँ, लगायत नेपाली गीतले न्यूयोर्कको सडक नेपालमय बनेको थियो
सो नेपाल परेड डेको उद्घाटन राष्ट्रसंघका लागि नेपाली नियोगकी कार्यवाहक प्रमुख सेवा लम्सालले गर्नु भएको थियो । नेपाली झण्डा वोकेका नेपालीहरुको समूह नेपाली पोशाकसहित विभिन्न जातजातिले आआफ्नो सस्कृति झल्किने पोशाकमा अनेकतामा एकता, नेपालीको विशेषता भन्ने झल्को दिईरहेको थियो । करिव ३ घण्टा झाँकीसहित र्याली चलेर यो कार्यक्रम सम्पन्न भएको थियो ।

जनसम्पर्क समिति अमेरिकका, प्रवासी नेपाली मंच, र आदिवासी जनजाती महासंघको संयूक्त आयोजनामा सम्पन्न परेडका लागि न्युयोर्कका चार दर्जनभन्दा बढी संघ संस्थाहरुको संलग्नता रहेको बताईएको छ । कार्यक्रमबाट नेपालमा गत बैशाख १२ को शक्तिशाली भूकम्पपश्चात नेपाल भ्रमणमा भएको भ्रम हटाउन सहयोग पुगेको आयोजकले बताएका छन । अर्का आयोजक संस्था प्रवासी मन्चका अध्यक्ष सञ्जय थापाले पनि यो ऐतिहासीक अवसरमा अमेरिकामा रहेका सबै नेपालीले एक भएर बिषेश परेड गर्नु भएकोमा आभार प्रकट गरेका छन ।
फिप्पनाका अध्यक्ष लुईसागं वाईवाले कार्यक्रको अग्रसरता आफुहरुले लिए पनि अमेरिकामा रहेका सबै संस्थाहरुले उत्साहजनक सहभागीताले कार्यक्रमलाई भब्य पारेकोमा सबैलाई धन्यवाद दिए । सो कार्यक्रममा कम्तीमा ५ हजार नेपालीले सहभागीता जनाएको अनुमान आयोजकले गरेका छन ।
संसारभरिकै विविधता बोकेको न्युयोर्कमा विभिन्न देश एवम विविध कला संस्कृति र धर्म सम्बन्धी परेडको आयोजना भइरहने न्यूयोर्कमा नेपाली समुदायले गरेकोे पहिलो परेड हो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...