नेपालमा घट्दैछन् कोरोना भाइरसका सक्रिय संक्रमित

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार अद्यावधिक गरेको तथ्यांक अनुसार नेपालमा कोरोना भाइरसका अझै ७ हजार २ सय ४२ जना सक्रिय संक्रमितहरु रहेका छन् । अहिले काठमाडौं तथा ललितपुरमा मात्र पाँच सय बढी सक्रिय संक्रमित छन् । मोरङ, सुनसरी, धनुषा, चितवन, कास्की, बाँके, रुपन्देही तथा कैलालीमा दुई सय भन्दा बढी सक्रिय संक्रमित छन् भने जुम्ला जिल्लामा मात्र एक जना पनि सक्रिय संक्रमित छैनन् ।

मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ९१ जनाको पीसीआर गर्दा १ सय ११ जनामा तथा १८ सय ४२ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको छ । यो अवधिमा ३ सय ८५ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा एक जना संक्रमितको दुखद निधन भएको छ । त्यस्तै यो अवधिमा ३७ हजार १ सय ९२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको पनि मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ ।