यातायात व्यवसायीको चक्काजामले जनजीवन प्रभावित

काठमाडौं— ट्राफिक नियम उल्लङ्घन गरेकोमा लाग्ने शुल्क बढाएको भन्दै यातायात व्यवसायीले बिहिबार बिहानैदेखि देशव्यापी चक्काजाम गर्दा राजधानी काठमाडौं लगायत देशभरीको जनजीवन प्रभावित भएको छ ।
बन्दको अवज्ञा गरेको भन्दै यातायात व्यवसायीले काठमाडौंमा तीन वटा गाडीमा तोडफोड गरेका छन् । बन्दकर्ताले काठमाडौंको सुकेधारामा बा १ ज १५९९ नम्बरको ट्याक्सी र टेकुचोकबाट लगनचोक जाँदै गरेको ना १ ज ४८१३ नम्बरको टाटासुमो तोडफोड गरेको प्रहरीले जनाएको छ ।
सडक अवरोध गर्ने र तोडफोडमा संलग्नलाई सार्वजनिक मुद्दा दायर गरी कारवाही गर्ने गृह मन्त्रालयले जनाएको छ । अहिलेसम्म काठमाडौं उपत्यकाबाट १ सय ७७ जना बन्दकर्ता पक्राउ परेका छन् ।
‘बन्द गराउँदै हिंड्ने १ सय ७७ जनालाई नियन्त्रणमा लिएका छौं। उनीहरुले विभिन्न स्थानमा बसेर गाडी चल्न अवरोध सिर्जना गरेको र केही सवारीसाधनमाथि तोडफोड गरेपछि नियन्त्रणमा लिएका हौं,’ महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शरद चन्दले बताएका छन् ।
यातायात व्यवसायीहरुले ट्राफिक प्रहरी शुल्क रु २५ देखि २०० सम्मलाई जेठ १ गतेदेखि लागू हुनेगरी रु ५०० देखि रु एक हजार ५०० सम्म पुर्याएको भन्दै चोक—चोकमा सवारीसाधन थन्क्याएर चक्काजाम गरेका हुन् ।
काठमाडौंमा अत्यावश्यक सवारीसाधनबाहेक अरू कुनै पनि भाडाका सार्वजनिक सवारीसाधन चलेका छैनन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...