‘रोबिन एन्ड द न्यू रिभोलुसन’ व्यान्डले सिड्नी तताउंदै

सिड्नी । नेपाली रक ब्यान्ड ‘रोबिन एन्ड द न्यू रिभोलुसन’ले सिड्नी तताउने भएका छन् । अष्टेलिया भ्रमणमा रहेको व्यान्डले यसअघि डार्विन, मेलर्वन र अष्टेलियाको राजधानी क्यानबेरामा कन्सर्ट सम्पन्न गरिसकेको छ । आगामी बिहीबार साँझ सिड्नीमा मोमो अफिसको प्रस्तुतीमा गुड वे एजुकेशन एण्ड भिषा सर्भिस लगायत विभिन्न संघसंस्थाको सहकार्यमा कन्र्सट आयोजना हुन लागेको कार्यक्रम संयोजक एवम् गुड वे एजुकेशन एण्ड भिषा सर्भिसका सुरज खतिवडाले जानकारी दिए । ‘रक एण्ड रोल नाइट’ नाम दिईएको उक्त कन्सर्टका लागि उत्साहजनक रुपमा टिकट बुकिङ भएको आयोजकले जनाएको छ ।

नेपाली गीतसंगीतको रक विधामा छुट्टै पहिचान बनाउन सफल व्यान्डको प्रस्तुती हेर्न डार्विन, मेलर्वन र क्यानवेरामा रहेका नेपाली युवाहरुको भीड नै लागेको थियो । कन्र्सटमा व्यान्डका संस्थापक तथा कलाकार रोबिन तामाङ लगायतका कलाकारले आफ्ना प्रस्तुती दिनेछन् । कलाकार तामाङले गत मे १४ मा अमेजोन प्राइम भिडियो मार्फत रिलिज भएको हिन्दी अलौकिक क्राइम थ्रिलर ‘द लास्ट आवर’ समेत अभिनय गरेका थिए ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...