नेपालमा बढ्दैछन् कोरोना संक्रमित, एकै दिन थपिए ९० जना

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यो अवधिमा तीन हजार ११२ को नमूना परीक्षण गरिएको थियो । एक हजार ९४४ ले पिसिआर र एक हजार १५८ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यो अवधिमा २० जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ५५५ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा एक लाख ११ हजार ५३१ ले कोभिडविरुद्धको खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ४०१ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ । होम आइसोलेसनमा ३९९, संस्थागत आइसोलेसनमा दुई, आइसियु दुई र भेन्टिलेटरमा एक जना सङ्क्रमित रहेका छन् ।
हाल देशभरमा २०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला कुनै पनि छैनन् । शून्य सङ्क्रमित रहेका जिल्लामा सोलुखुम्बु, सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ, सप्तरी, मनाङ, मुस्ताङ, म्याग्दी, गोरखा, तनहुँ, नवलपरासी दाङ, अर्घाखाँची, जाजरकोट, जुम्ला, डोल्पा, हुम्ला, रुकुम पश्चिम, कालीकोट, मुगु, बाजुरा, दार्चुला, बझाङ, डडेलधुरा र कञ्चनपुर रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा २१९ र ललितपुर ३४ र भक्तपुरमा १० सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । कूल सङ्क्रमण दर १७ प्रतिशत छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...