जुवा समस्या भएकाहरुलाई मद्दत गर्न छलफल !
जुलाई ११, २०२२ मा एउटा प्रेस नोट जारी गर्दै सिड्नी स्थानीय स्वास्थ्य जिल्लाको विविधता केन्द्रले नेपाली समुदायमा जुवाबाट हुने हानिबारे छलफल गरी मद्दत गर्न एउटा अभियान सुरु गरेको छ। “जुवा सजिलो ऋण” अभियानले मानिसहरूलाई आफ्नो समुदायसँग जुवाको हानी विरुद्ध सहायता खोज्ने र यसको महत्त्वको बारेमा आफ्नो अनुभव साझेदारी गर्ने अवसर प्रदान गर्दछ।
नेपाली अस्ट्रेलियन न्यूजका संस्थापक ऋषि आचार्यका अनुसार २०२१ मा संचालित एउटा अनलाइन अभियानमा धेरै नेपाली समुदायका सदस्यहरूले अनलाइन जुवा खेल्ने समस्याको बारेमा कुराहरु साँच्चै नै चाखलाग्दो थियो।
हामी आशा गर्छौं कि यो अभियानले पनि त्यस्तै गर्नेछ र धेरै मानिसहरूले जुवातास लत सम्बन्धि अनुभव साझेदारी गर्नेछन् वा जुवा समस्या हेल्पलाइनमा सम्पर्क गर्नेछन्।
जुलाई महिनामा सञ्चालित यो अभियान पोस्टर, रेडियो र सामाजिक सञ्जालमा सन्देशहरू देखाइनेछ । हिमालयन रेडियोमा विशेष तीन भागको रेडियो नाटक प्रसारण हुनेछ ।
विविधता कार्यक्रम र रणनीति केन्द्रका निर्देशक बार्बरा लुइसीका अनुसार यो अभियान व्यापक सहकार्यको परिणाम हो। “नेपाली समुदायसँगको परामर्शमा हामीले यो अभियानको विकास गरेका हौँ । यस प्रक्रियामा हामीले प्रमुख सामुदायिक संस्थाहरू, स्वास्थ्य सेवाहरू र मिडिया संजालहरूसँग पनि परामर्श गरेका छौं, ”उनले भनिन्।
“हामीसंग यस सम्बन्धि राम्रो सल्लाहकार समूह भएकोमा हामी गौरव गर्दछौ। सल्लाहकार समूहले हामीलाई यस्तो राम्रो सल्लाह दिनुभयो -उहाँहरुले भन्नु भयो कि मानिसहरूले जुवा सम्बन्धित हानीका लागि मद्दत र सहयोग कहाँ पाउने भनेर जान्न धेरै महत्त्वपूर्ण छ, चाहे ती जुवाडेहरू, साथीहरू वा जुवाडेका परिवारका सदस्यहरू किन न हुन्” बारबारा लुइस थप्छिन ।
“जुवा सजिलो ऋण” अभियान अन्तर्राष्ट्रिय विद्यार्थीहरूको अनुभवमा आधारित छ जसले जुवा खेल्ने बानीहरू सामना गरेका छन् र त्यसले गर्दा समस्याहरू निम्त्याएको छ।
“धेरैका लागि, जुवा अस्ट्रेलियामा एक नयाँ अनुभव हो । हामी देख्छौं कि जूवा खेल्ने समस्याले हाम्रो समुदायको स्वास्थ्य र गुणस्तरीय जीवनमा कसरी असर गर्दैछ विशेष गरी हाम्रा युवाहरूमा । जुवा खेल्ने समस्याले ल्याएको अत्यन्तै दुर्भाग्यपूर्ण घटनाहरूले गर्दा हामी दु: खी भएका छौं । जबसम्म मानिसहरु संकटको अवस्थासम्म पुग्दैनन् उनीहरु आफ्नो समस्या आफ्नो परिवार वा साथीहरुबाट लुकाउन खोज्छन् अनि झन असुरक्षित हुन्छन् ।
एक जुवा सम्बन्धि परामर्शदाता ले तपाइँसँग नेपालीमा कुरा गर्न सक्नेछन। यो नि:शुल्क, निजी र गोप्य हुन्छ । डाक्टरको सिफारिस पत्र वा मेडिकेयर कार्ड आवश्यक पर्दैन। कृपया GambleAware Multicultural Service 1800 856 800 मा फोन गर्नुहोस् वा www.gambleaware.nsw.gov.au मा जानका लागि अनुरोध गरिएको छ।
नेपाली मिडिया अन्तर्वार्ताको लागी कृपया सोनम पाल्जोरलाई 9515 1234 मा सम्पर्क गर्नुहोस् वा
Sonam.Paljor@health.nsw.gov.au मा ईमेल गर्नुहोस् ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...