झापामा तीन किशोरीको सामुहिक आत्महत्या, गाउँ नै शोकमा

झापा– झापाको कचनकवल गाउँपालिका–५ स्थित दले गाउँ पूरै शोकमा डुबेको छ । आइतबार बिहान एकै गाउँका तीन किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेपछि गाउँ शोकमा डुबेको छ । स्थानीय सुनकोशी चिया बगानमा मजदुरी गर्दै आएका १७ वर्षीया अञ्जली गणेश, १६ वर्षीया करिना गणेश र १७ वर्षीया कल्पना गणेश एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेपछि गाउँ नै शोकमा डुबेको छ । आज बिहान दले गाउँमा कसैको घरमा चुलोसमेत बलेन । उनीहरु एकै पटक झुण्डिनुको कारणबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताए ।
तीनै जनाको शवलाई धरानस्थित विपी कोइराला मेमोरियल अस्पतालमा शव परीक्षणका लागि पठाइएको उनले बताए । ‘नेपालमै पहिलो पटक किशोरीहरुले सामूहिक रूपमा एउटै रुखमा झुण्डिएर मृत्युवरण गरेको यो पहिलो घटना हो’, उनी भन्छन्– ‘यसअघि प्रेमी प्रेमिका, एउटै घरका परिवार मात्र यसरी झुण्डिएका घटना थिए । एउटै उमेरका किशोरी यसरी एकै पटक झुण्डिनुमा कसरी सहमति जुट्यो रहस्यमय नै छ ।’ उनले शव परीक्षण रिपोर्टका आधारमा पनि थप अनुसन्धान गर्न सजिलो हुने बताए ।
मृत भेटिएका मध्ये अञ्जली गणेश र करिना गणेश दिदीबहिनीका छोराछोरी भएको वडा नम्बर ५ का वडाध्यक्ष मोहम्मद नुर आलमले बताए । अञ्जली तीन दिनअघि मात्र करिनाको घरमा आएकी थिइन् । कल्पना करिनाकी छिमेकी हुन् । अञ्जलीको घर सोही वडाको नेपाल भारतसीमा नजिकै रहेको छ । ‘तीनै जना आफ्ना अभिभावकसँगै बगानमा मजदुरी गर्थे’, उनी भन्छन्– ‘यो घटनाले वडा नै शोकमय बनेको छ । आज बिहान कसैको घरमा खानासमेत पाकेन । विचित्रको घटना भयो ।’
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...