मन्दिर निर्माणका लागि क्यान्बेरामा महापुराण सप्ताह हुदै :: प्रमुख वाचक बाचन शिरोमणि पं दीनबन्धु पोखेरल
सनातन समाज अष्ट्रेलियाको आयोजनामा अष्ट्रेलियाको राजधानी क्यानबेरामा अगष्ट १७-२४ गतेसम्म श्रीमद्भागवत महापुराण सप्ताह हुने भएको छ । वाचन प्रवीण दिनबन्धु पोखरेल मुख्य वाचक रहने छन । कार्यक्रम क्यानबेरा ग्रेहाउण्ड रेसिंग क्लव २३५ न्याराबुन्डा लेन साइमस्टनमा हुनेछ ।
समाजका अध्यक्ष सन्तोष मल्लको अध्यक्षतामा सनातन समाजले गरेको छलफल कार्यक्रममा संस्थाका संचालक सदस्य बासु ढकालले उक्त जानकारी दिएका छन । सनातन समाज अस्ट्रेलियाको संयोजनमा हुने श्रीमद्भागवत महापुराण सप्ताह सफलता पूर्वक संचालन/समापन गर्ने उद्देश्य सहित Canberra/Queanbeyan क्षेत्रका बिभिन्न संघ संस्थाका प्रतिनिधी, सामाजिक अभियन्ता, ब्यावसायिक व्यक्ति तथा नेपालबाट आएका अभिभावकहरूसहितको सामूदायिक छलफलपछि श्रीमद्भागवत महापुराण सप्ताह मूल आयोजक समिति समेत गठन भएको छ ।
अध्यक्ष मल्लका अनुसार श्रीमद्भागवत महापुराण सप्ताह मूल आयोजक समितिको संयोजक डा. कृष्ण हमाल र उपसयोजकमा राजन ढुंगेल जीवन राना रहेका छन । समितिको महासचिवमा बिक्रम सुबेदी, सचिवमा बासु चापागाई , कोषाध्यक्षमा लेखराज पोखरेल (प्रकास) सहकोषाध्यक्षमा सुदिप बांस्तोला रहेका छन ।
त्यस्तै आर्थिक योजना तथा अर्थ ब्यवस्थापन उपसमितिको संयोजकमा बिबेक लोहनी र उपसंयोजकमा सुमित्रा जोशी रहेका छन । प्रचार प्रसार उपसमितिको संयोजकमा बिनायक अधिकारी , जनसम्पर्क अघिकारीमा खुस्बु न्यौपाने , झाँकी तथा नृत्य उपसमितिको संयोजकमा प्रकाश केसी, प्राविधिक संयोजकमा आशिस सापकोटा , अतिथी सत्कार उपसमितिको संयोजकमा माधव खनाल , स्वयंसेवक परिचालन उपसमितिको संयोजक अशोक बस्नेत, उपसंयोजकमा संजय धिमिरे रहेका छन ।
यस्तै लजिस्टिक (भण्डार, भोजन ब्यवस्थापन तथा आवास) उपसमिति संयोजकमा बिनोद धिमिरे, उपसंयोजकमा गणेश खरेल , सामान खरिद उपसमिति संयोजकमा हेमन्त भण्डारी, पूजन ब्यवस्थापन उपसमितिको संयोजकमा प्रमोद आचार्य, सदस्यमा बासु ढकाल, बिष्णु भण्डारी , दाता पहिचान समितिको संयोजकमा राजु अधिकारी तोकिएका छन ।
सनातन समाजका अध्यक्ष मल्लले बिशुद्ध धार्मिक कार्यक्रम रहेको र यो सबै सनातनहरुका लागि भएकाले सबैलाइ सकेको सहयोग गर्न अपिल गरेका छन । समाजले यसबाट उठेको पैसाबाट मन्दिर बनाउने प्रमुख लक्ष्य रहेको बताइका छन ।
काठमाडौं– काठमाडौंको दरवारमार्गमा रहेको मधुशाला गीत गजल रेष्ट्रो एण्ड बारले यही माघ...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– काठमाडौंको दरवारमार्गमा रहेको मधुशाला गीत गजल रेष्ट्रो एण्ड बारले यही माघ...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...