माओवादीको चुनाव चिह्नमा निर्वाचन लड्ने दलहरु

काठमाडौं– आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्न प्रयोग गर्ने भएका छन् । माओवादीको मंगलबार बसेको स्थायी समितिको बैठकले डा.बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीलाई आफ्नो चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको थियो । पार्टी प्रवक्ता कृष्णबहादुर महराले समाजवादी पार्टीलाई आफूहरूको चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय भएको जानकारी दिनुभयो ।
सोही निर्णयानुसार नै माओवादीका तर्फबाट केन्द्रीय कार्यालयका सदस्य शिव खकुरेल र समाजवादी पार्टीका केन्द्रीय कार्यालयकै मुख्यसचिव फणिन्द्र देवकोटालाई निर्वाचन आयोगमा त्यससम्बन्धी जानकारीका लागि पठाइएको छ । दुई दलले आयोगमा संयुक्तरूपमा निवेदन दिएका छन् । यस आधारमा अब माओवादीको निर्वाचन चिह्न हँसिया हथौडा प्रयोग हुनेछ । यस्तै राष्ट्रियसभा सदस्य वामदेव गौतमको नेतृत्वको नेकपा एकता अभियानले पनि माओवादीकै निर्वाचन चिह्न प्रयोग गर्नेछ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...