लिज ट्रस बेलायतको नयाँ प्रधानमन्त्री

लण्डन– बेलायतको नयाँ प्रधानमन्त्रीमा लिज ट्रस निर्वाचित भएकी छिन् । बेलायतको सत्तारुढ दल कन्जरभेटिभ पार्टीको नयाँ नेताका लागि भएको मतदानको सोमबार घोषित परिणाम अनुसार लिज ट्रस विजयी हुँदै बेलायतको तेश्रो महिला प्रधानमन्त्री बनेकी हुन् । ट्रस प्रतिस्पर्धी पूर्व अर्थमन्त्री ऋषि सुनकलाई पराजित गर्दै बेलायतको प्रधानमन्त्री बन्न सफल भएकी हुन् । कुल मतदाता १ लाख ७२ हजार ४३७ मध्ये ट्रसले ८१ हजार ३२६ मत पाइन् भने सुनकले ६०३९९ मत पाए । यसका साथै ट्रस अब बाँकी कार्यकालका लागि प्रधानमन्त्री रहने छिन् । बेलायतले यसअघि मार्गरेट थ्याचर तथा थेरेसा मेलाई प्रधानमन्त्रीको रुपमा पाइसकेको छ । लिज ट्रसको जन्म सन् १९७५ मा अक्सफोर्डमा भएको हो । उनका बुवा गणितका प्राध्यापक थिए भने आमा नर्स थिइन् । उनको पूरा नाम मेरी एलिजावेथ ट्रस हो ।
ट्रसको राजनीति लिबरल डेमोक्रयाट पार्टीबाट प्रारम्भ भएको थियो । अक्सफोर्डमा अध्ययन गर्दा उनी कन्जरभेटिभ पार्टीमा प्रवेश गरेकी थिइन् । ट्रस सन् २०१० मा पहिलोपटक सांसदको रुपमा निर्वाचित भएकी थिइन् । उनी साउथ वेष्ट नरफोक निर्वाचन क्षेत्रबाट सांसद निर्वाचित भएकी थिइन् । उनी सोही क्षेत्रलाई प्रतिनिधित्व गर्दै आएकी छिन् । त्यसअघि सन् २००१ र २००५ को आमचुनावमा उनले पराजय व्यहोर्नु परेको थियो । उनी सन् २००६ मा ग्रीनीच काउन्सिल लण्डनमा काउन्सिलर पदमा पनि निर्वाचित भएकी थिइन् ।
उनले सन् २०१२ देखि सरकारी जिम्मेवारी वहन गर्दै आएकी छिन् । प्रारम्भमा उनी शिक्षा तथा शिशु स्याहार मन्त्रालयमा उपमन्त्री बनेकी थिइन् भने त्यसपछि वातावरण, खाद्य र ग्रामीण मामिला राज्यमन्त्री, लर्ड चान्सलर, कोष मन्त्री बनिसकेकी छिन् ।
ट्रसले सन् २०१९ मा महिला र समानता मन्त्रीको कार्यभार सम्हालेकी थिइन् भने त्यसपछि अन्तर्राष्ट्रिय व्यापार मन्त्री र सन् २०२१ देखि विदेश मन्त्रीको कार्यभार सम्हाल्दै आएकी छिन् । ट्रसले अक्सफोर्ड विश्वविद्यालयबाट राजनीति, अर्थशास्त्र र दर्शनशास्त्रको अध्ययन उनले पूरा गरेकी छिन् । राजनीतिमा आउनुअघि उनी उर्जा तथा दुरसन्चार क्षेत्रमा व्यापार प्रबन्धक, आर्थिक निर्देशक र लेखापालका रुपमा एक दशकभन्दा लामो समय काम गरेकी छिन् । उनका श्रीमान र दुई छोरी छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...