सिंगल शटमा खिचिएको गायक सञ्जिव पराजुलीको ‘क्यार्ने हो…’ सार्वजनिक

काठमाडौं- विभिन्न लोकप्रिय गीतहरुका गायक सञ्जिव पराजुली नेपाली सांगीतिक क्षेत्रको स्थापित नाम हो । आफूले गाउने गीतमा केही पृथक शैलीको प्रयोग गर्न रुचाउने गायक पराजुलीले यसपटक आफ्नो गीत ‘क्यार्ने हो ’ मा पनि केही नयाँ प्रयोग गरेका छन् । लोकप्रिय संगीतकार वसन्त सापकोटाको शब्द तथा संगीतमा तयार भएको यो नयाँ गीतको म्युजिक भिडियो बिहिवार साँझ सार्वजनिक भएको छ । गायक पराजुलीले लामो समय लगाएर तथा धेरै मेहनतपछि यो गीत तथा म्युजिक भिडियो तयार पारिएको बताएका छन् । राजन इशानको संगीत संयोजन रहेको यो गीतको म्युजिक भिडियोमा नौलो प्रयोग गरिएको गायक पराजुली बताउँछन् ।
राहुल शाहको अवधारणा, कोरियोग्राफी तथा निर्देशनमा बनेको उक्त गीतको म्युजिक भिडियो ‘वान शट’ मा छायांकन गरिएको छ । नेपाली म्युजिक भिडियोको इतिहासमा यो सम्भवतः पहिलो प्रयोग भएको गायक पराजुलीको भनाइ छ । भिडियोमा राहुल शाह, अलिशा शर्मा, युमी बलामी, भाइब एण्ड वेभ ग्रुप तथा नृत्य ट्रुप्स नेपालको अभिनय तथा नृत्य छ । ‘सिंगल शट’ म्युजिक भिडियोको रुपमा सार्वजनिक गरिएको उक्त गीतको भिडियोमा पवन सुस्लिङको छायांकन तथा सम्पादन रहेको छ । गायक पराजुलीका यसअघिका ‘नाइँ मलाई थाहा छैन’ , ‘कर्के नजर’, छैन मलाई पिर’ लगायतका दर्जनौ गीतले दर्शक श्रोताको मन जितिसकेको छ ।

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...