फेरी केपी ओली नेतृत्वको सरकार परिवर्तनको चर्चा

एमाले नेतृत्वको सरकारले हावादारी गफ मात्रै दिएको भन्दै सरकारमा सहभागी माओवादी, राप्रपा नेपाल र एमालेको अर्कोपक्ष चरम असन्तुष्ट भएपछि केपी ओली नेतृत्वको सरकार परिवर्तनको चर्चा फेरी चुलिएको छ । यसै सन्र्दभमा एमालेका एक नेताले भनेका छन, माओवादीले भन्नुपर्यो कांग्रेसले हामीलाई समर्थन गर्ने भयो र एमालेले पनि समर्थन गर्ने हो भने राष्ट्रिय सरकार बन्छ । उता माओवादीका कृष्ण बहादुर महराले पनि सरकार कुनै पनि बेला परिबर्तन हुने अन्तिम चरणमा पुगेको बताएका छन ।
एक महिनाअघि प्रतिपक्षी नेपाली कांग्रेससँग मिलेर सरकार ढाल्नै लागेका माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई अन्तिम समयमा प्रधानमन्त्री केपी ओलीले बजेटसम्म पर्खन मनाएका थिए । बजेटपछि दाहालको नेतृत्वमा नयाँ सरकार गठन गर्नेबारे सत्तासाझेदार दलहरूबीच ’भद्र सहमति’ भएको कुरा बाहिर आयो तर सरकार परिवर्तन भएन ।
एमाले नेता शंकर पोखरेलले पनि एमाले र एमाओवादीबीचको ९ बुँदे सहमतिको पछाडि सरकारको नेतृत्व परिवर्तन हुने पनि समझदारी भएको बताएका छन तर सरकार परिवर्तनका लागि एमाले कतै पनि सहमत नभएकोले माओवादी सरकार छाड्ने तयारीमा छ । माओवादीका अध्यक्ष प्रचण्डले माओवादीहरुबीच एकता भएपछि यो सरकारमा नबस्ने बताएका थिए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...