स्वर्ण पदक विजेता खेलाडीलाई एनआरएनएको सम्मान

काठमाडौं– आज गैरआवासीय नेपाली संघको सचिवालयमा संघको तर्फबाट ९औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पौडी विधाका स्वर्ण पदक विजेताद्वय एस्ली सापकोटा डंगोल र आशिष सापकोटा डंगोलको सम्मानमा एक कार्यक्रमको आयोजना गरियो । उनीहरुलाई प्रमाणपत्र तथा फुलगुच्छा मार्फत संघका अध्यक्ष डा बद्री केसी, उपाध्यक्ष महेश श्रेष्ठ, युवा उपाध्यक्षद्वय रोशन थापा र राज रेग्मी र महिला सचिव राधिका गुरुङले स्वागत गरेका थिए । साथै उहाँहरुका आमा र कोचलाई पनि सम्मान गरिएको छ । गण्डकी प्रदेशको पोखरामा आयोजना गरिएको ९औ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आयोजना भएको पौडी प्रतियोगितामा श्री एस्ली सापकोटाले ६ वटा स्वर्ण र श्री आशिष सापकोटा डंगोलले ३ वटा स्वर्ण पदक प्राप्त गरेका छन् ।
कार्यक्रममा विजेताद्वयले संघको तर्फबाट प्रतियोगितामा भागलिन पाएकोमा गर्व महशुस गर्दै संघ प्रति धन्यवाद प्रकट गरेका थिए । साथै उहाँहरुका प्रशिक्षक र आमाले पनि उनीहरुको जितले गौरान्वित भएको बताउनु भएको थियो । कार्यक्रमका सभापति एवं संघका अध्यक्ष डा बद्री केसीले पदक विजेताहरुका साथै उनीहरुका प्रशिक्षक र आमालाई बधाई तथा शुभकामना व्यक्त गर्नु भयो । उहाँले अब आउने प्रतियोगितामा विदेशमा रहेका दोश्रो पुस्ताका ट्यालेन्टेड युवाहरुलाई खोजेर प्रतियोगतामा सहभागीता गराई नेपालको खेलकुद प्रबद्धन सहयोग गर्ने बताउनु भयो । साथै उहाँले आज सम्मान गरिएका खेलाडीहरुलाई आउने ओलिम्पिकमा पनि नेपालको तर्फबाट सहभागीता हुनको लागि शुभकामना व्यक्त गर्नु भयो ।
उहाँले ९ औ राष्ट्रिय प्रतियोगितामा हाल सम्म २३ पदक हासिल गरेकोमा विजेता खेलाडी, प्रशिक्षक, व्यवस्थापक, संघको युवा विभाग लगायत सबै सरोकारवालाहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भयो । सम्मान कार्यक्रमको संचालन एशिया प्रशान्त क्षेत्रका क्षेत्रिय संयोजक पारस मणी पोखरेलले गर्नु भएको थियो । यस कार्यक्रममा एनसिसि थाईल्याण्डका अध्यक्ष भविन्द्र बहादुर बस्नेत लगायतका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...