स्वर्ण पदक विजेता खेलाडीलाई एनआरएनएको सम्मान

काठमाडौं– आज गैरआवासीय नेपाली संघको सचिवालयमा संघको तर्फबाट ९औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पौडी विधाका स्वर्ण पदक विजेताद्वय एस्ली सापकोटा डंगोल र आशिष सापकोटा डंगोलको सम्मानमा एक कार्यक्रमको आयोजना गरियो । उनीहरुलाई प्रमाणपत्र तथा फुलगुच्छा मार्फत संघका अध्यक्ष डा बद्री केसी, उपाध्यक्ष महेश श्रेष्ठ, युवा उपाध्यक्षद्वय रोशन थापा र राज रेग्मी र महिला सचिव राधिका गुरुङले स्वागत गरेका थिए । साथै उहाँहरुका आमा र कोचलाई पनि सम्मान गरिएको छ । गण्डकी प्रदेशको पोखरामा आयोजना गरिएको ९औ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आयोजना भएको पौडी प्रतियोगितामा श्री एस्ली सापकोटाले ६ वटा स्वर्ण र श्री आशिष सापकोटा डंगोलले ३ वटा स्वर्ण पदक प्राप्त गरेका छन् ।
कार्यक्रममा विजेताद्वयले संघको तर्फबाट प्रतियोगितामा भागलिन पाएकोमा गर्व महशुस गर्दै संघ प्रति धन्यवाद प्रकट गरेका थिए । साथै उहाँहरुका प्रशिक्षक र आमाले पनि उनीहरुको जितले गौरान्वित भएको बताउनु भएको थियो । कार्यक्रमका सभापति एवं संघका अध्यक्ष डा बद्री केसीले पदक विजेताहरुका साथै उनीहरुका प्रशिक्षक र आमालाई बधाई तथा शुभकामना व्यक्त गर्नु भयो । उहाँले अब आउने प्रतियोगितामा विदेशमा रहेका दोश्रो पुस्ताका ट्यालेन्टेड युवाहरुलाई खोजेर प्रतियोगतामा सहभागीता गराई नेपालको खेलकुद प्रबद्धन सहयोग गर्ने बताउनु भयो । साथै उहाँले आज सम्मान गरिएका खेलाडीहरुलाई आउने ओलिम्पिकमा पनि नेपालको तर्फबाट सहभागीता हुनको लागि शुभकामना व्यक्त गर्नु भयो ।
उहाँले ९ औ राष्ट्रिय प्रतियोगितामा हाल सम्म २३ पदक हासिल गरेकोमा विजेता खेलाडी, प्रशिक्षक, व्यवस्थापक, संघको युवा विभाग लगायत सबै सरोकारवालाहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भयो । सम्मान कार्यक्रमको संचालन एशिया प्रशान्त क्षेत्रका क्षेत्रिय संयोजक पारस मणी पोखरेलले गर्नु भएको थियो । यस कार्यक्रममा एनसिसि थाईल्याण्डका अध्यक्ष भविन्द्र बहादुर बस्नेत लगायतका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...