माओवादीको सर्वाधिक ठूलो केन्द्रित समिति

काठमाडौं— नेकपा माओवादी केन्द्रले महाधिवेशन आयोजक समिति हाल सम्मकै ठूलो बनाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बिहिवार बसेको पोलिटब्युरो बैठकले एक हजार ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको हो । बैठकले ९ सय ९९ जना मनोनयन गरेको छ भने बाँकी रहेका एक सय जना भने आगामी दिनमा थपिने माओवादी केन्द्रले जनाएको छ । पार्टी एकता प्रक्रियामा नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपा माओवादी र नयाँ शक्ति अभियानको ठूलो हिस्सा समावेश हुने भन्दै महाधिवेशन आयोजक समितिमा थप एक सय सदस्य खाली राखिएको माओवादीले जनाएको छ । बैठकले ८५ सदस्यीय स्थायी समिति बनाएको छ भने २ सय ५५ सदस्यीय पोलिटब्युरो बनाइएको प्रवक्ता पम्फा भुसालले जानकारी दिएकी छिन् । गत १९ जेठमा बसेको केन्द्रीय कार्यालयको बैठकले स्थायी समिति ७५ सदस्यीय बनाउने निर्णय गरेको थियो ।
प्रवक्ता भुसालका अनुसार यो समिति महाधिवेशनसम्मका लागि हो । महाधिवेशनमा अध्यक्षदेखि सबै सदस्य निर्वाचित हुनु पर्ने भएकाले हाल ठूलो अथवा सानो हुनुले केही प्रभाव नपार्ने प्रवक्ता भुसालको भनाइ छ । बैठकमा केही नेताले भने महाधिवेशन आयोजक समिति ठँलो बनाउन नहुने धारणा राखेका थिए । बैठकले देशव्यापी रुपमा प्रशिक्षण कार्यक्रम चलाउने र पार्टीको एकता प्रक्रियालाई जनस्तरसम्म पुर्याउने निर्णयसमेत गरेको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...