राष्ट्रपति चयनका लागि मतदान सकियो, मतगणना प्रारम्भ

काठमाडौं । राष्ट्रपति चयनका लागि बिहिबार बिहान १० बजदेखि प्रारम्भ भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको छ । योसंगै दिउँसो ४ बजेदेखि मतगणनासमेत प्रारम्भ भएको छ । राष्ट्रपति उम्मेदवारका प्रतिनिधिहरुसँग निर्वाचन आयोगले गरेको मतगणना सम्बन्धि बैठकमा दिउँसो ४ बजेदेखि मतगणना प्रारम्भ भएको हो । बैठकले मतपेटिका खोल्दा पत्रकारको उपस्थिति खुल्ला गर्ने निर्णय समेत गरेको छ । संघीय संसद र प्रदेश सभाको अलगअलग मतगणना भएसंगै मतगणनामा उम्मेदवारका निर्वाचनप्रतिनिधि र एक–एक जना गणना प्रतिनिधि रहेका छन् ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको थियो । योसंगै पौडेल निर्वाचित हुने सम्भावना प्रवल मानिएको छ । बिहिबार बिहान बसेको रास्वपाको पदाधिकारी र संसदीय दलको संयुक्त बैठकले ८ दलीय गठबन्धनका साझा उम्मेदवार पौडेललाई मत दिने निर्णय गरेको थियो ।
आजको मतदानका लागि संघीय संसद् र प्रदेशसभा सदस्य गरी ८८३ जना मतदाता रहेका थिए । राष्ट्रपतिका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका आठ दलले रामचन्द्र पौडेललाई उम्मेदवार बनाएका छन् भने नेकपा एमालेको तर्फबाट सुवास चन्द्र नेम्वाङ उम्मेद्वार छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...