राष्ट्रपति चयनका लागि मतदान सकियो, मतगणना प्रारम्भ

काठमाडौं । राष्ट्रपति चयनका लागि बिहिबार बिहान १० बजदेखि प्रारम्भ भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको छ । योसंगै दिउँसो ४ बजेदेखि मतगणनासमेत प्रारम्भ भएको छ । राष्ट्रपति उम्मेदवारका प्रतिनिधिहरुसँग निर्वाचन आयोगले गरेको मतगणना सम्बन्धि बैठकमा दिउँसो ४ बजेदेखि मतगणना प्रारम्भ भएको हो । बैठकले मतपेटिका खोल्दा पत्रकारको उपस्थिति खुल्ला गर्ने निर्णय समेत गरेको छ । संघीय संसद र प्रदेश सभाको अलगअलग मतगणना भएसंगै मतगणनामा उम्मेदवारका निर्वाचनप्रतिनिधि र एक–एक जना गणना प्रतिनिधि रहेका छन् ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको थियो । योसंगै पौडेल निर्वाचित हुने सम्भावना प्रवल मानिएको छ । बिहिबार बिहान बसेको रास्वपाको पदाधिकारी र संसदीय दलको संयुक्त बैठकले ८ दलीय गठबन्धनका साझा उम्मेदवार पौडेललाई मत दिने निर्णय गरेको थियो ।
आजको मतदानका लागि संघीय संसद् र प्रदेशसभा सदस्य गरी ८८३ जना मतदाता रहेका थिए । राष्ट्रपतिका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका आठ दलले रामचन्द्र पौडेललाई उम्मेदवार बनाएका छन् भने नेकपा एमालेको तर्फबाट सुवास चन्द्र नेम्वाङ उम्मेद्वार छन् ।

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...