नेपाल एयरलाइन्सले थाल्यो नेपाल–अष्ट्रेलिया सिधा उडानको प्रकृया

काठमाडौं– राष्ट्रिय ध्वजाबहाक नेपाल एयरलाईन्सले अष्ट्रेलियामा नियमित हवाई उडानका लागि आवश्यक प्रकृयाको थालनी गरेको छ । दुई देशबीच चार वर्षअघि नै भएको सहमति अनुसार नेपाल एयरलाईन्सले अष्ट्रेलियाको सिड्नीमा सातामा दुई पटक नियमित उडानका लागि आवश्यक प्रकृया थालेको हो । कल साईनको एयर बसबाट नियमित उडानका लागि अष्ट्रेलिया सरकारबाट स्विकृती प्राप्त भइसकेको निगमका सहप्रवक्ता गणेश कुमार घिमिरेले जानकारी दिएका छन् ।
सहप्रवक्ता घिमिरेका अनुसार अष्ट्रेलियामा उडानका लागि आवश्यक गृहकार्य तिव्र पारिएको छ । सिंगापुरलाई ट्रान्जिट बनाएर नेपाल एयरलाईन्सले प्रत्येक साताको मंगलबार र शुक्रबार अष्ट्रेलियामा उडान भर्नेछ । अष्ट्रेलियामा सिधा उडान प्रारम्भ भएपछि वार्षिक १ लाख हाराहारीमा नेपाली नागरिकहरु लावान्भित हुने नेपाल एयरलाईन्सले जनाएको छ । अष्ट्रेलियामा नियमित उडानका लागि आवश्यक नीतिगत व्यवस्था, जनशक्ती लगायतको व्यवस्थापन भईरहेको सहप्रवक्ता घिमिरेको भनाइ छ । नियमित उडानको मिति भने तय भईसकेको छैन । सिड्नीमा नियमित उडानका लागि अष्ट्रेलियास्थित नेपाली दूतावासले पनि समन्वय गरिरहेको बताइएको छ ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...