नेपाल एयरलाइन्सले थाल्यो नेपाल–अष्ट्रेलिया सिधा उडानको प्रकृया

काठमाडौं– राष्ट्रिय ध्वजाबहाक नेपाल एयरलाईन्सले अष्ट्रेलियामा नियमित हवाई उडानका लागि आवश्यक प्रकृयाको थालनी गरेको छ । दुई देशबीच चार वर्षअघि नै भएको सहमति अनुसार नेपाल एयरलाईन्सले अष्ट्रेलियाको सिड्नीमा सातामा दुई पटक नियमित उडानका लागि आवश्यक प्रकृया थालेको हो । कल साईनको एयर बसबाट नियमित उडानका लागि अष्ट्रेलिया सरकारबाट स्विकृती प्राप्त भइसकेको निगमका सहप्रवक्ता गणेश कुमार घिमिरेले जानकारी दिएका छन् ।
सहप्रवक्ता घिमिरेका अनुसार अष्ट्रेलियामा उडानका लागि आवश्यक गृहकार्य तिव्र पारिएको छ । सिंगापुरलाई ट्रान्जिट बनाएर नेपाल एयरलाईन्सले प्रत्येक साताको मंगलबार र शुक्रबार अष्ट्रेलियामा उडान भर्नेछ । अष्ट्रेलियामा सिधा उडान प्रारम्भ भएपछि वार्षिक १ लाख हाराहारीमा नेपाली नागरिकहरु लावान्भित हुने नेपाल एयरलाईन्सले जनाएको छ । अष्ट्रेलियामा नियमित उडानका लागि आवश्यक नीतिगत व्यवस्था, जनशक्ती लगायतको व्यवस्थापन भईरहेको सहप्रवक्ता घिमिरेको भनाइ छ । नियमित उडानको मिति भने तय भईसकेको छैन । सिड्नीमा नियमित उडानका लागि अष्ट्रेलियास्थित नेपाली दूतावासले पनि समन्वय गरिरहेको बताइएको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...