एसीसी प्रीमियर कपः नेपाल र युएई फाइनलमा

काठमाडौं– नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेका छन् । त्रिवि मैदान कीर्तिपुरमा शनिबार भएको कुवेत र नेपालबीचको सेमिफाइनल खेल भारी वर्षाको कारण रद्द भएसँगै नेपाल फाइनलमा पुगेको हो । भारी वर्षाका कारण खेल नतिजा विहीन बनेपछि नेपालले समूह विजेताको रुपमा फाइनलमा स्थान बनाएको हो । जीतका लागि दुई सय ८२ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाएर ३७ रन बनाउँदा खेल वर्षाले प्रभावित बनेको थियो ।
नेपालका लागि करण केसी एक्लेलै पाँच विकेट लिएका थिए । अर्को विकेट सोमपाल कामीले लिए । त्यसपछि भारी वर्षा हुँदा सुपर ओभर पनि हुन नसक्दा नेपालले समूह ‘ए’ को विजेताको रुपमा फाइनलमा स्थान बनाएको हो ।
त्यस्तै मूलपानी मैदानमा भएको अर्को सेमिफाइनल खेलमा युएई डीएलएस प्रणालीका आधारमा ओमानलाई दुई रनले हराउँदै फाइनलमा पुगेको हो । नेपाल र युएईबीच फाइनल खेल सोमबार हुनेछ । कुवेत र ओमान आइतबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...