काठमाडौंमा नीलडेभिडको नयाँ सेलून

काठमाडौं- हेयर स्टाइलिष्ट नीलडेभिड कटुवालले आफ्नो सेलुनको छैठौं शाखा स्वरुप चावहिल चुच्चेपाटीस्थित केएल टावरको चौथो तल्लामा निल डेभिड्स युनिसेक्स सेलुन सञ्चालनमा ल्याएका छन् । अभिनेत्री करिश्मा मानन्धरले शुभारम्भ गरेकी छिन् । शुभारम्भ कार्यक्रममा नायिका नन्दिता केसी, हास्य अभिनेता तथा निर्माता निर्मल शर्मा, दीपाश्री निरौला, गायक सिताराम पोखरेल, उद्योगपति राजेन्द्र खेतानलगायतको सहभागिता रहेको थियो ।
उद्घाटन समारोहमा हेयर स्टाइलिष्ट डेभिडले कलाकारहरुका लागि फिल्मको पात्र सुहाउँदो हेयर स्टायल सेवा दिादै आएको तथा आगामी दिनमा यसलाई अझ जोड दिने प्रष्ट्याए । त्यसै गरी उद्योगपति खेतानले हेयर स्टाइलको क्षेत्रमा निलको प्रवेशसँगै नेपाली युवाको हेयर स्टायल परिवर्तन भएको र अन्तराष्ट्रिय क्षेत्रमा समेत पुगेको चर्चा गरे भने निर्मल शर्माले हलिउड बलिउडमा हेयर स्टाइलिष्ट भनेर सुन्दै आए पनि नेपालमा हेयर स्टाइलिष्ट भनेकै नीलडेभिड भनेर चिनेको उल्लेख गरे। नन्दिता, दीपाश्रीलागयतले हेयर स्टायल र यसमा निलको योगदानको चर्चा गरे भने प्रमुख अतिथी अभिनेत्री करिश्मा मानन्धरले नेपाली युवाको यस्तै प्रतिभाले नेपाललाई समुन्नत बनाउने धारणा राख्दै निरन्तर सफलताका लागि शुभकामना दिइन् ।
महिला तथा पुरुषको अनुहार तथा रुप रंग सुहाउादो तवरले केश सजावट (हेयर स्टाइल) का साथमा स्ट्रेट, फेशियल, मेकअप, नेल आर्ट, मेहेन्दी, होम ब्राडियल मेकअप, कपालको सौन्दर्यसम्बन्धि विभिन्न सेवा तथा प्रशिक्षण उपलब्ध छ । यो सेलुनमा उनको अघिल्ला सेलुनमा जस्तै वातानुकुलित शान्त, सौम्य र वातावरणका बिच कपालको सौन्दर्यसँग सम्बन्धित सेवाहरु उपलब्ध छ । सबै सेवा अत्याधुनिक प्रविधीका साथ उपलब्ध गराइएको सेलुनले जनाएको छ ।
झापा लक्ष्मीपुर कन्काई नगरपालिकाका नीलले विश्वका धेरै देशबाट हेयर स्टाइलिङ र फेशन डिजाइनिङ कोर्ष पूरा गरी स्वदेश फर्केर हेयर स्टाइलको क्षेत्रमा क्रान्ति ल्याएका छन् । १४ वर्षअगाडि सन् २००१ मा सिंगापुर घुम्न जाँदा पुरुषले महिला र महिलाले पुरुषको हेयर स्टायल बनाएको देखेर आफ्नो देशमा पनि जमानाअनुसार यो सुविधा किन नगर्ने भन्ने सोचबाट प्रोत्साहित भएका नीलले यसबारे औपचारिक कोर्ष पूरा गरी अत्याधुनिक सुविधासहितको सेलुन सञ्चालनमा ल्याएपछि त्यसलाई पछ्याउादै विभिन्न स्थानमा स्तरिय सेलुन स्थापनाको श्रेय पाएका छन् । हेयर स्टाइलकै कोर्ष पूरा गरी यो पेशलाई अगाडि बढाएर क्रान्ति ल्याउने पहिलो नेपाली हेयर स्टाइलिष्ट मानिएका उनले विभिन्न सेलिब्रेटीलाई हेयर स्टाइल परिवर्तन गरी नयाँ रुप दिएका छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...