स्पेन महिला विश्वकप फुटबलको विश्व विजेता

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

सिड्नी– इङ्ल्याण्डलाई १–० गोलले पराजित गर्दै स्पेन महिला विश्वकप फुटबलको नयाँ विश्व विजेता बन्न सफल भएको छ । सिड्नीमा आइतबार भएको फाइनलमा स्पेनकी कप्तान ओल्गा कार्मोना गार्सियाले निर्णायक गोल गरेर आफ्नो देशलाई पहिलो पटक विश्व विजेता बनाइन् । खेलको २९ औँ मिनेटमा कप्तानसमेत रहेकी गार्सियाले गरेको गोलमा स्पेन विश्व विजेता बनेको हो ।

दोस्रो हाफमा स्पेनले पेनाल्टीको मौका पाए पनि अग्रता दोब्बरको मौका भने सदुपयोग गर्न सकेन ।
७० औँ मिनेटमा स्पेनले पाएको पेनाल्टीलाई जेनिफर हार्मोसोले प्राप्त पेनाल्टी सदुपयोग गर्न सकिनन् ।
महिला विश्वकप हालसम्म अमेरिकाले चार, जर्मनीले दुई तथा जापान र नर्वेले एक–एक पटक उपाधि जितिसकेका छन् ।