बालकुमारीमा प्रदर्शनः दुई जनाको निधन, गृह मन्त्रालयले बनायो छानबिन समिति

काठमाडौं– काम गर्नका कोरिया जान पाउने ईपीएस परीक्षा दिन पाउनु पर्ने माग गर्दै शुक्रवार ललितपुरको ग्वार्को–बालकुमारी क्षेत्रमा भएको आन्दोलनमा दुई युवा परीक्षार्थीको ज्यान गएपछि सरकारले घटनाको छानबिन गर्न समिति बनाएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) लालमणि आचार्यको संयोजकत्वमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार तथा राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक वासु सिग्देल रहेको छानबिन समिति गठन गरिएको हो । समितिलाई ७ दिन भित्रमा घटनाको सत्य–तथ्य पत्ता लगाएर प्रतिवेदन बुझाउन भनिएको गृह मन्त्री स्रोतको भनाइ छ ।
यसअघि पानी जहाज निर्माणको कामका लागि परीक्षा दिएर अनुत्तिर्ण भएका करिब २८ हजार परीक्षार्थीले औधोगिक क्षेत्रका लागि आवेदन दिन नपाउने भएपछि आन्दोलन गरेका हुन् । आन्दोलनकारीले शुक्रबार बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार गाडी आगजनी गरेका थिए । उक्त घटनापछि प्रहरीले बल प्रयोग गर्दा दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये एक जनालाई गोली लागेको छ भने अर्का एक जनाको शरीरमा चोट लागेको छ । यसैबीच, शुक्रबार नै उच्च अदालत पाटनले सबै परीक्षार्थीलाई परीक्षामा सहभागि गराउन आदेश दिएको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...