टी–२० विश्वकपका लागि नेपाली टोलीको घोषणा

काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको घोषणा गरेको छ । बुधबार नेपाल क्रिकेट संघ (क्यान) ले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा तिव्र गतिका अनुभवी बलर सोमपाल कामी र करन केसी तथा कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी लगायतले स्थान पाएका छन् ।
विवेक यादव टोलीमा परेका छैनन् भने प्रतिश जीसी, सन्दीप जोरा र अनिल साहले टोलीमा अवसर पाएका छन् । आरिफ शेख, विनोद भण्डारी र लोकेश बम भने टोलीमा छैनन् । नेपाल प्रतियोगिताको समूह डी मा नेदरल्याण्ड र अन्य तीन टेष्ट खेल्ने राष्ट्र बंगलादेश, श्रीलंका र दक्षिण अफ्रिकासँगै छ । उनीहरुले जुन ४ मा नेदरल्याण्ड्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछन् । नेपालले दश वर्षपछि टी–२० विश्वकप खेल्ने भएको छ । यो विश्वकपमा नेपालको दोस्रो सहभागिता हो ।
यस्तो छ विश्वकप खेल्ने नेपाली टोली
रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जिसी, ललित राजवंशी, सागर ढकाल र कमलसिंह ऐरी र अनिलकुमार शाह ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...