टी२० विश्वकपः अन्तिम खेलमा पनि पराजित भयो नेपाल

किङ्सटाउन– उत्कृष्ट बलिङ गर्दै बंगलादेशलाई १०६ रनमै समेटे पनि नेपाली ब्याट्म्यानहरुको ब्याटिङ नचल्दा नेपालले लज्जास्पद पराजय व्यहोरेको छ । बंगलादेशले दिएको १०७ रनको सामान्य लक्ष्य पछ्याउन मैदानमा प्रवेश गरेको नेपाल ८५ रनमै समेटिँदै २१ रनल पराजित हुन पुगेको छ । नेपालविरुद्धको यो जीतसंगै बंगलादेश टी२० विश्वकपको सुपर ८ मा पुगेको छ ।
आजको खेलमा नेपालका कुशल मल्लले २७ रन तथा दिपेन्द्र सिंह ऐरीले २५ रनको योगदान दिए भने ओपनर आशिफ शेखले १७ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकले रन बनाउन सकेनन् । बंगलादेशका तान्जिम हसन साकिबले चार तथा मुस्ताफिजुर रहमानले तीन विकेट लिएपछि नेपाली ब्याटिङ लाइनअप धराशाही भएको थियो ।
त्यसअघि, नेपालले बंगलादेशलाई १०६ रनमा अलआउट गरेको थियो । नेपाली बलरहरुले उत्कृष्ट बलिङ गर्दै बंगलादेशलाई १९।३ ओभरमै कम योगफलमा अलआउट गर्न सफल भएका हुन् । आजको खेलमा नेपाली बलरहरुको प्रदर्शन उत्कृष्ट रह्यो सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल तथा सन्दीप लामिछानेले समान दुई विकेट लिएर बंगलादेशलाई ठूलो स्कोर बनाउनबाट रोके ।
आजको खेलमा सन्दीप लामिछानेले दुई विकेट लिँदै आफ्नो टी२० तर्फ विकेट संख्या एक सय पुर्याएका छन् । उनले जम्मा ५४ इनिङमा यो सफलता हासिल गर्दै कम खेलमा एक सय विकेट लिने विश्वकै दोस्रो खेलाडी बन्न सफल भए । बंगलादेशका लागि साकिब अल हसनले बनाएको १७ रन नै सर्वाधिक बन्न पुग्यो । चार जना खेलाडीले दोहोरो अंकले रन बनाउन सकेनन् ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...