टी२० विश्वकपः अन्तिम खेलमा पनि पराजित भयो नेपाल

किङ्सटाउन– उत्कृष्ट बलिङ गर्दै बंगलादेशलाई १०६ रनमै समेटे पनि नेपाली ब्याट्म्यानहरुको ब्याटिङ नचल्दा नेपालले लज्जास्पद पराजय व्यहोरेको छ । बंगलादेशले दिएको १०७ रनको सामान्य लक्ष्य पछ्याउन मैदानमा प्रवेश गरेको नेपाल ८५ रनमै समेटिँदै २१ रनल पराजित हुन पुगेको छ । नेपालविरुद्धको यो जीतसंगै बंगलादेश टी२० विश्वकपको सुपर ८ मा पुगेको छ ।
आजको खेलमा नेपालका कुशल मल्लले २७ रन तथा दिपेन्द्र सिंह ऐरीले २५ रनको योगदान दिए भने ओपनर आशिफ शेखले १७ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकले रन बनाउन सकेनन् । बंगलादेशका तान्जिम हसन साकिबले चार तथा मुस्ताफिजुर रहमानले तीन विकेट लिएपछि नेपाली ब्याटिङ लाइनअप धराशाही भएको थियो ।
त्यसअघि, नेपालले बंगलादेशलाई १०६ रनमा अलआउट गरेको थियो । नेपाली बलरहरुले उत्कृष्ट बलिङ गर्दै बंगलादेशलाई १९।३ ओभरमै कम योगफलमा अलआउट गर्न सफल भएका हुन् । आजको खेलमा नेपाली बलरहरुको प्रदर्शन उत्कृष्ट रह्यो सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल तथा सन्दीप लामिछानेले समान दुई विकेट लिएर बंगलादेशलाई ठूलो स्कोर बनाउनबाट रोके ।
आजको खेलमा सन्दीप लामिछानेले दुई विकेट लिँदै आफ्नो टी२० तर्फ विकेट संख्या एक सय पुर्याएका छन् । उनले जम्मा ५४ इनिङमा यो सफलता हासिल गर्दै कम खेलमा एक सय विकेट लिने विश्वकै दोस्रो खेलाडी बन्न सफल भए । बंगलादेशका लागि साकिब अल हसनले बनाएको १७ रन नै सर्वाधिक बन्न पुग्यो । चार जना खेलाडीले दोहोरो अंकले रन बनाउन सकेनन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...