जय नेपाल फाउन्डेसन अष्ट्रेलिया च्याप्टरले शिक्षा सम्बन्धि वेबिनार गर्दै !

जय नेपाल फाउन्डेसन अष्ट्रेलिया च्याप्टरले यहि जून २९ शनिबारका दिन शिक्षा सम्बन्धि वेबिनर गर्ने भएको छ । “ओपन एजुकेसन कनेक्टिङ लोकल टु ग्लोबल” बिषयक यो वेब सेमिनार (वेबिनार) नेपालको समय अनुसार बिहान ८ देखि १० बजेसम्म चल्ने बताइएको छ ।
नेपाल सरकारले ओपन यूनिभर्सिटीलाई मान्यता दिईसकेको अवस्थामा अष्ट्रेलिया लगाएत विश्वको कुनै पनि कुनामा बसेर नेपालको औपचारिक शिक्षा लिने सकिने बारेमा यो सेमिनारमा छलफल हुने छ ।
कार्यक्रममा `खुला शिक्षा: कोभिड-१९ पछिका अवसरहरू´ शीर्षकमा युनिभर्सिटी अफ कुइन्सल्याण्डका डा. देवराज पौड्यालले कार्यपत्र प्रस्तुत गर्ने भएका छन् । अष्ट्रेलिया नेपाल स्टुडेन्ट एक्सचेन्ज प्रोग्रामका सम्भावना र पारस्परिक फाइदाहरुका बारेमा पनि डाक्टर पौडेलले प्रकाश पार्ने छन् ।
“उच्च शिक्षा परिदृश्यलाई आकार दिन खुला शिक्षामा पहल र आविष्कारहरू: नेपालमा प्रवृत्ति र चुनौतीहरू” विषयमा नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्रा. शिलु मानन्धर बज्राचार्यले कार्यपत्र पेश गर्ने कार्यक्रम रहेको छ।
पछिल्लो समय विश्वव्यापी रुपमा खुल्ला बिश्वबिद्यालयको अवधारणा बढ्दै गएको सन्दर्भमा नेपालले पनि कसरी फाइदा लिन सक्छ भन्ने उद्देश्यले वेबिनार आयोजना गर्न लागिएको फाउन्डेशन अष्ट्रेलिया च्यापरका अध्यक्ष डा. डिल्ली बन्जाडेले बताए । अष्ट्रेलियाबाट नेपालको शिक्षा प्रचार-प्रसार र प्रबर्धन गर्न यो वेबिनारमा अष्ट्रेलियास्थित नेपाली शैक्षिक परामर्श दाताहरुले पनि महत्वपूर्ण भूमिका खेल्न सक्ने संयोजक डाक्टर बन्जाडेले जोड दिए ।
सेमिनारमा शिक्षा मन्त्रि सुमना श्रेष्ठ तथा शिक्षा सचिबको उपस्थिति रहेने बताईएको छ । वेबीनारका प्यानलिस्टहरुमा त्रिभुवन विश्वविद्यालय रजिस्ट्रार डा. केदार रिजाल, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. जीवराज पोखरेल, डा. हिमलाल घिमिरे र डा. प्रमोद ढकाल रहेका छन्।
कार्यक्रमलाई अष्ट्रेलियाबाट ओपन यूनिभर्सिटी अभियान्ता डा. राजु अधिकारीले संचालन गर्नेछन् भने फाउन्डेशनका नेपाल च्याप्टर संयोजक बद्री अर्यालले नेपालबाट समन्वय गर्ने भएका छन् ।
कार्यक्रमको विवरण
- नेपाल: मिति: जुन २९, २०२४ (शनिवार ) समय र अवधि: बिहान ८:०० देखि १०:०० बजे
- Zoom लिंक: https://zoom.us/j/94536469651?pwd=TDzJCbTNG7X05CCahM6c96bEnsgDfJ.1
- Meeting ID: 945 3646 9651 Passcode: 2024
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...