टी२० विश्वकप २०२४ को उपाधि भारतलाई

बारबाडस– शनिवार मध्यराति सम्पन्न भारत र दक्षिण अफ्रीकाबीचको रोमाञ्चक खेलमा भारत विजयी हुँदै आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि जितेपछि भारतका समर्थकहरुमा जीतको उत्साह छाएको छ । भारतीय टीमले दुई पटक वनडे विश्वकप (१९८३, २०११) को उपाधि जितेको छ भने दुई पटक नै टी२० विश्वकप (२००७, २०२४) को उपाधि जितेको छ । यो टीमले पछिल्लो पटक विश्वकप (वनडेतर्फ) सन् २०११ मा जितेको थियो । अहिले १३ वर्षपछि कुनै विश्वकप (टी२० तर्फ) को उपाधि जितेको हो ।
फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले १७ वर्षपछि टी–२० विश्वकपको उपाधि जितेको हो । यसअघि भारतले २००७ मा टी–२० विश्वकपको उपाधि जितेको थियो । भारतले दिएको १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६९ मात्र रन बनाउन सक्यो । अफ्रीकाका लागि हेनरिक क्लासेनले अर्धशतक प्रहार गरेपनि जीतका लागि पर्याप्त भएन । क्लासेनले २७ बलमा ५२ रन बनाए ।
त्यस्तै, क्विन्टन डे ककले ३९ रन र ट्रिस्टन स्टब्सले ३१ रनको योगदान दिए । भारतका लागि हार्दिक पाण्ड्यले तीन विकेट लिए । तीन ओभर बलिङ गरेका उनले २० रन खर्चिए । त्यस्तै जसप्रित बुमराह र अर्शदीप सिंहले दुई÷दुई विकेट लिँदा अक्षर पटेलले एक विकेट झारे ।
त्यसअघि केन्सिङ्टन ओभल, बार्बाडस स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७६ रन बनाएको थियो । भारतका लागि विराट कोहलीले सर्वाधिक ७६ रन बनाए । त्यस्तै, अक्षर पटेलले ४७ रन तथा शिवम दुवेले २७ रन बनाउँदा हार्दिक पाण्ड्या ५ रनमा नटआउट रहे । दक्षिण अफ्रीकाका लागि केशव महाराज र एन्रिच नोर्तेजले दुई÷दुई विकेट लिए । त्यस्तै कागिसो रवाडा र मार्को जेन्सेनले एक÷एक विकेट लिए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...