ढल्यो प्रचण्ड सरकार, पाएनन् विश्वासको मत

काठमाडौं– प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको शुक्रवारको बैठकबाट विश्वासको मत पाएनन् । आजको बैठकमा प्रधानमन्त्रीद्वारा राखिएको विश्वासको मतको पक्षमा ६३ मत प्राप्त भएको छ भने विपक्षमा १९४ मत खसेको छ । आजको बैठकमा कुल २५८ सांसदहरुको उपस्थित रहेकोमा एक जना सांसद भने तठस्थ रहेका छन् ।
योसंगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत गुमाएका छन् । शुक्रवार प्रतिनिधि सभाको बैठकमा पेश गरेको विश्वासको मतको प्रस्तावको पक्षमा केवल ६३ मत मात्र परेपछि प्रधानमन्त्रीले संसदको विश्वास गुमाएका छन् । विश्वासको मतसम्बन्धि प्रस्तावको विपक्षमा १९४ मत परेको थियो । त्यस्तै मत दिन्न भन्ने पक्षमा एक सांसदले मत दिएका थिए ।
आजको मतदान प्रक्रियामा २५८ सांसदले भाग लिएका थिए । प्रधानमन्त्रीले संसदबाट विश्वासको मत गुमाएसँगै सरकार पनि ढलेको छ । अब संघीय संसद सचिवालयले सरकारले विश्वासको मत गुमाएको जानकारी राष्ट्रपति रामचन्द्र पौडेललाई गराएसँगै राष्ट्रपतिले नयाँ सरकार गठनको आव्हान गर्ने छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...