अष्ट्रेलियामा “मुन्धुम मन्थन” कार्यक्रम सम्पन्न

सिड्नी, अष्ट्रेलिया | किरात याक्थुङ चुम्लुङ, सिड्नी र शब्दाङकुर बुक एण्ड पब्लिकेशनको संयुक्त आयोजनामा सिड्नीमा रहेका समुदायका सदस्यहरु बिच गत २७ जुलाई २०२४ का दिन अष्ट्रेलियाको सिड्नीमा “मुन्धुम मन्थन” कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा किरात याक्थुङ चुम्लुङ, सिड्नीका अध्यक्ष शशिकला सुब्बाले आगन्तुकहरूलाई स्वागत गर्दै अष्ट्रेलियामा याक्थुङ लिम्बुहरूको मुन्धुममा आधारित मौलिक संस्कृतिको संरक्षण गर्दै मुन्धुमको ज्ञान तथा संस्कृति दोश्रो पुस्तामा हस्तान्तरण आहिलेको सबै भन्दा ठुलो आवश्यकता रहेको बताउनुभयो । संस्थाका महासचिव मनुराज निङलेखुले संचालन गर्नुभएको उक्त कार्यक्रममा सहभागीहरूद्वारा केलाङ (च्याब्रुङ नृत्य) प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा जितमान लिम्बुले याक्थुङ लिम्बुहरूको मौलिक बाजा च्याब्रुङ र च्याब्रुङ नाचको उत्पत्ति र वर्तमान अभ्यासको बारेमा प्रकास पर्नु भएको थियो। यसै गरि प्रकाशचन्द्र निङ्लेखुले याक्थुङ लिम्बुहरूको धान नाच र पालामको उत्पत्ति एवम् लिम्बु भाषाबाट राखिएका लिम्बुवान क्षेत्रका विभिन्न स्थानका नामहरूका बारेमा चर्चा गर्नुभएको थियो । अतिथि वक्ता भोगेन्द्र लिङदेनले याक्थुङ लिम्बुहरूको नाम्सामी र केसामी मुन्धुमको बारेमा चर्चा गर्दै मिथकहरूले आदिम कालदेखि वर्तमान समयसम्म समाजलाई अगाडि बढाउने माध्यमको रूपमा महत्वपूर्ण भूमिका रहेको बताउदै प्रबासमा पनि यस्ता खालका कार्यक्रम हुनु निकै सरहानिय रहेको बताउनु भयो।
उक्त कार्यक्रममा याक्थुङ लिम्बु जातिको मुन्धुम र मुन्धुममा आधारित साँस्कृतिक सम्पदाहरूको संरक्षण र प्रबर्द्धन गर्ने प्रमुख लक्ष्य लिएर स्थापना गरिएको सेक्मुरी फाउन्डेसनको लागि शोमा निङ्लेखु र कायरा निङ्लेखुको तर्फबाट रू.एक लाख पचास हजार र शशिकला सुब्बाको तर्फबाट एक लाख एक रूपैया बराबरको अक्षय कोष खडा गरिएको जानकारी सेक्मुरी फाउन्डेसनका महासचिव भोगेन्द्र लिङदेनले दिनु भयो। उक्त रकमबाट याक्थुङ लिम्बु जातिको मुन्धुम, मिथक, भाषा, साहित्य, संस्कृति र इतिहासको क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्ने विद्यार्थीहरूलाई प्रोत्साहन गर्न फेलोसिप स्थापना गरिने पनि लिङदेनले बताउनु भयो।सिड्नीस्थित् एसबरी सिनियर सिटिजन्स सेन्टरमा स्थानीय समय अनुसार साँझ ५ बजे देखि ८ बजेसम्म सम्पन्न उक्त कार्यक्रममा किरात याक्थुङ चुम्लुङ, सिड्नीका अध्यक्ष शशिकला सुब्बाले सिलाम साक्मा र च्याब्रुङ नाचमा सक्रिय सहभागिता जनाउने सहभागीहरूलाई प्रमाण पत्र तथा मायाको चिनो प्रदान गर्नुभएको थियो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...