नेप्लिज अष्ट्रेलियन युथ एसोसियसन (नया) को पाचौं साधारण सभा सम्पन्न
बिपिन थापा अध्यक्षमा निर्बाचित

सिड्नी, अष्ट्रेलिया / अष्ट्रेलियामा रहेका युवाहरु लाई परोपकारी र खेलकुदको मध्यमबाट जोड्दै आइरहेको नेप्लिज अष्ट्रेलियन युथ एसोसियसन (नया) को पाचौं साधारण सभा गत २३ अगस्तको साँझ सिड्नीमा सम्पन्न भएको छ । सभाले संस्थाको अध्यक्षमा बिपिन थापालाई चयन गरेको छ ।
युबा संजाललाई मजबुत बनाउदै रक्तदान, खेलकुद, मनोरंजन एबम परोपकारी कार्यमा सेप्टेम्बर २०१३ देखि सक्रिय नया अष्ट्रेलियाका युवाहरु को माझ लोकप्रिय रहेको छ । निबर्तमान अध्यक्ष निजन चौलागाईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्ग्देनको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

साधारण सभाले संस्थाका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष- शेखर तिवारी, महासचिव- सुमन श्रेष्ठ, सचिव- मिलन भट्ट, सहसचिव- राजेश टण्डन, कोषाध्यक्ष- श्रवण भट्टराई, युवा संयोजक- लेखमणि त्रिटाल, आईटी संयोजक- कृष्ण ढकाल, महिला संयोजक- प्रियंका सिटौला, इन्भेंट संयोजक- जेनिश लामा थिङ चयन भएका छन् । यसै गरि संस्थाको कार्यकारी सदस्यहरूमा युवराज गुरगाइ, निरज पन्थ, गणेश बानियाँ, सुनिल गौतम, विज्ञान ढकाल, सौगत त्रिपाठी, विज्ञान अधिकारी, मोहन थापा, भुवन जंग बस्नेत, विकल्प घिमिरे र केदार रायमाझी रहेका छन् ।
अष्ट्रेलियाको एनएसडब्लु राज्यका वाणिज्यदुत सन्जिव शर्मा, विश्व हिन्दु महासंघ नेपालका अध्यक्ष रामचन्द्र अधिकारी, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु उपस्थिति रहेको उक्त कार्यक्रममा कार्यभार सम्हाल्दै नवनिर्बाचित अध्यक्षमा बिपिन थापाले संस्था स्थापनाकाल देखि आज सम्म संस्था भित्र या बाहिर रहेर संस्थालाई सहयोग पुराउने सबै अग्रज र समकालीनहरु स्मरण गर्दै धन्यबाद व्यक्त गरे र आउने दिनमा पनि सबै संग हातेमालो गर्दै आगाडी बढ्ने प्रतिबद्दता व्यक्त गरे ।

सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...