अष्ट्रेलियामा तीजको रौनक

सिड्नी– हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको उल्लास नेपालमा मात्र होइन, डायस्पोरामा पनि उत्तिकै देखिएको छ । यो वर्षको तीजमा पनि दिनहुँजसो आयोजना हुने दरका कार्यक्रम, पारिवारिक जमघट अनि नेपालबाट आएका कलाकारहरुको तीजको कार्यक्रमले अष्ट्रेलियाको राजधानी क्यानवेराका नेपाली महिलाहरुलाई पनि तीजको रमझमले व्यस्त बनाइ दियो ।
यसैबीच, क्यान्बेराकै पुरानो नेपाली संस्था अष्ट्रेलिया नेपाल फ्रेण्डशिप सोसाईटीको आयोजनामा तीजको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । हालै क्यानबेराको अल्वर्ट हलमा आयोजित उक्त तीज कार्यक्रम नेपालबाट आएकी गायिका सिन्धु मल्ल तथा एञ्जिला रेग्मी आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा गायिका सिन्धु मल्लले काफल गेडी कुटुक्कै, कुर्ता सुरुवाल लॉउँदा, झलझली ऑंखामासहित आफ्ना लोकप्रिय तीज गीतहरुद्वारा क्यान्बेराका दिदी–बहिनीहरुलाई छमछमी नचाएकी थिइन् । गायिका एञ्जिला रेग्मीको हँसिलो अनुहार र रसिलो बोलीले तीजको लहर आयो बरिलै, हो शिव, तम्रा मनका कुरा गीत गाएर उपस्थिलाई नचाएकी थिईन् । क्यान्बेराको नेपाली भाषा सिकाउने पाठशालाका विद्यार्थीहरुको नृत्य र गायनबाट प्रारम्भभएको कार्यक्रममा नेपालबाट अष्ट्रेलिया भ्रमणमा रहेका अभिभावक छत्र प्रसाद भट्टराइले बाँसुरीको धुनद्वारा सबैलाई आनन्दित बनाएका थिए ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...